February 25, 2025, 6:05 am
» अमेरिकी डलरसंगै युरोको मुल्य पनि घट्यो » सशस्त्र प्रहरी इन्सपेक्टर महत मृत्यु प्रकरण : अर्का इन्सपेक्टर विकेक जोशी पक्राउ » केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो » यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य » सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, तोलामा पाँच सयले बढ्यो

रास्वपाका पूर्वसांसद ढाकाकुमार ७५ हजार धरौटीमा छुटे

अशोज १०, २०८१ मा प्रकाशित | ८९०दर्शक तीव्रखबर

पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा भएका छन् । प्रतिबन्धित औषधि बेचबिखन गरेको आरोप लागेका श्रेष्ठ ७५ हजार धरौटीमा रिहा भएका हुन् ।

भदौ २७ गते पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत कास्कीले बिहीबार धरौटीमा छाड्न आदेश दिएको हो। श्रेष्ठ धरौटी बुझाएर रिहा भएका छन् ।

लागुऔषध ट्याबलेटसहित पक्राउ परेका पोखरा महानगरपालिका-४ का ४२ वर्षीय प्रकाश थापाको बयानका आधारमा प्रहरीले पूर्वसांसद श्रेष्ठलाई पक्राउ गरेको थियो।

प्रतिबन्धित ९७ चक्की लागुऔषध ट्याबलेटसहित पक्राउ परेका थापासँग प्रहरीले सोधपुछ गर्दा उक्त ट्याबलेट पोखरा महानगरपालिका –९ पृथ्वीचोकमा रहेको श्रेष्ठको दिया फार्मेसीबाट खरिद गरिएको बयान दिएपछि त्यही बयानका आधारमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया