February 25, 2025, 4:46 am
» प्रधानमन्त्री ओलीको प्रकृतिका आमाबाबुसँग कुराकानी » भारतमा तीन किशोरीमाथि १८ नाबालिगद्दारा सामुहिक बलात्कार » अमिर खानको एक फिल्म, जो स्विटजरल्याण्डमा ८ महिनासम्म हाउसफूल चल्यो » ट्रम्पलाई भेटेपछि म्याक्रोनले भने- शान्तिको अर्थ युक्रेनको आत्मसमर्पण हुनु हुँदैन » खजुर बेचेरै साउदीले कमाउँछ १ अर्ब २८ करोड बढी रियाल

प्रकाशमानप्रति रविन्द्र मिश्रको कडा आक्रोश : ‘अर्को चुनावमा तपाईँलाई नहराई छाड्दिन’

अशोज ८, २०८१ मा प्रकाशित | ७१०दर्शक तीव्रखबर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग कडा रुपमा प्रस्तुत भएका छन् ।

उनले बालमन्दिरको जग्गा हिनामिनामा जोडिएकी सिंहकी दिदी रिता सिंह वैद्यलाई उनी लगायत राज्यसंयन्त्र प्रयोग हुन लागेको भन्दै कटाक्ष गरेका हुन् ।बालमन्दिरको जग्गा प्रकरणमा जोडिएकी सिंहसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । तर प्रकाशमान सत्तामा पुगेका बेला उनको मुद्दा फिर्ता गराउने चलखेल सुरु भएको भन्दै उनले अर्को निर्वाचनमा काठमाडौं क्षेत्र नं १ बाट हराउने दाबी गरे ।

उनले अघिल्लो निर्वाचनमा आफू एक्लै लडे पनि सिंहले गठबन्धनको साथ पाएर जितेको आरोप लगाएका छन् । ०७४ र ०७९ को निर्वाचनमा सिंहले झिनो मतले मात्रै मिश्रसँग जितेका थिए ।

सामाजिक सञ्जालमा लेख्दै उनले आगामी निर्वाचनमा सो क्षेत्रबाट आफू जित्ने दाबी गर्दै भनेका छन्, ‘अनाथ बालबालिकाको बाल मन्दिर नै ध्वस्त पार्ने आरोप लागेकी दिदीलाई बचाऊ गर्न ‘मुद्दा नै ढिसमिस गर्न खोज्ने’ तपाईँलाई नहराई त कहाँ छोडुँला र! जुन दिन म तपाईँलाई हराउँछु नि, त्यस दिन बल्ल यो देशको वास्तविक रूपान्तरणको शंखनाद हुनेछ । यसलाई शाब्दिक होइन, प्रतिकात्मक रूपमा बुझ्नुहोला ।’

प्रतिक्रिया