February 23, 2025, 2:15 am
» अर्थ समितिको बैठक बस्दै » Trump Signs Executive Order Restricting Chinese Investment in Key Sectors » Four Nepalis killed in road accident while returning from Kumbh Mela » पाथीभरा केबलकार विवादः फुङलिङमा आन्दोलनकारी र प्रहरीबीच झडप » ताप्लेजुङमा राजेन्द्र महतोलाई कालो झण्डा देखाइयो

शिक्षक सरुवाको विरोधमा विधार्थीद्वारा नगरपालिका र मेयरको घरमा तोडफोड

अशोज ८, २०८१ मा प्रकाशित | १४४०दर्शक तीव्रखबर

रौतहट । रौतहटस्थित एकजना शिक्षकको सरुवाको बिषय लिएर विद्यार्थीहरुले नगरपालिका संगै मेयरको घरमा समेत तोडफोड गरेका छन् ।
स्थानीय देवाही गोनाही  नगर अन्तर्गत जयकिसान माबि धरहरिका प्रधानाध्यापकको सरुवा नहुँदै विधार्थीहरुले नगरपालिका भवन र मेयरको घरमा तोडफोड गरेका छन् ।
विद्यालयमा अध्ययनरत दर्जनौँको संख्यामा गएका विद्यार्थीहरूले मंगलवार अपरान्ह मेयर प्रेमलाल साह बिरुद्द बिभिन्न चर्का नारा लगाउँदै नगरपालिका अगाडी टायर बालेर प्रदर्शन गरिरहेका थिए ।
प्रदर्शनसंगै विद्यार्थीहरुले गरेको ढुंगामुढाले नगरपालिका भवनको सम्पूर्ण झ्यालको सिसा फुटेको छ । विद्यार्थीहरूले नगरपालिका भवनको छेउमै रहेको जेसिविको सम्पूर्ण सबै सिसा फुटाएका छन् ।
विद्यार्थीहरुले गरेको ढुंगा प्रहारबाट तीनजना प्रहरी घाईते भएका छन् । प्रदर्शनको क्रममा कुनै अप्रिय नहोस भनेर नगरपालिकाको कार्यालयमा दिउसोभरी ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो।
प्रधानाध्यापक सञ्जय साह,वडा ९ का अध्यक्ष बीरबहादुर साह, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष छविलाल भन्ने श्यामानन्दन साह, स्थानिय राजेश साह, रञ्जन साह,गुदु यादव, नागेन्द्र यादव, लखिन्द्र भन्ने नबी लाल साहले बिभिन्न पूर्वाग्रह राखेर विधार्थी उचालेर प्रदर्शन र तोडफोड गराएको देवाही गोनाहिका मेयर प्रेमलाल साह कानुले बताएका छन् ।
मंगलबार नगरपालिकाको कार्यकक्षमा शिक्षा समितिको बैठक चलिरहेको थियो । सोही क्रममा एक्कासी आएका विद्यार्थीको समूहले  विद्यालय व्यवस्थापन समितिका पदाधिकारी संग बिना सल्लाह मेयर प्रेमलाल साहले व्यक्तिगत स्वार्थ पूर्तिका लागि प्रधानाध्यापक संजय प्रसाद साहको गरेको सरुवा बदर हुनुपर्ने भन्दै प्रदर्शन तथा तोडफोड सुरुगरेको मेयर कानुले बताएका छन् ।
शिक्षा समितिको बैठक स्थगित गरेपछि विद्यार्थीहरू फर्केको थियो । नगरपालिका बाट फर्केर गएका विद्यार्थीहरू देवाही गोनाही ९ धरहरीस्थित आफ्नो घरमा पनि ढुंगामुढा गरेको मेयर कानुले बताए ।
त्यतिमात्र नभई विद्यार्थीहरू नगर अस्पतालको प्राङ्गणमा राखिएको एम्बुलेन्समा समेत तोडफोड गरेको उनले बताए । राजनीतिक पूर्वाग्रहको कारण प्रधानाध्यापक सञ्जय साह वडा अध्यक्ष, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष समेतका मानिसले विधार्थी उचालेर घटना गरिएको मेयर प्रेमलाल साह कानुले दावी गरेका छन् । विद्यार्थीद्वारा गरिएको तोडफोड र ढुंगामुढा बाट १५ लाख भन्दा बढीको क्षती भएको अनुमान गरिएको मेयर कानुले बताए ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले घटनाको पुष्टी गरेकी छिन् । ढुंगामुढाबाट घाईते तीनैजना प्रहरीको गरुडा स्थित अस्पतालमा उपचार भइरहेको छ ।सञ्जय मिश्रा, रौतहट

प्रतिक्रिया