February 25, 2025, 3:04 am
» प्रचण्ड सहभागी हुने कार्यक्रमको दिन विद्यालय बन्द गर्न माओवादीको दबाब » कर्मचारीको काँधमा हात राखेकोमा माफी माग्दै मन्त्रीले दिए राजीनामा » प्रतिनिधिसभा बैठक आज बस्दै, कस्तो छ कार्यसूची ? » आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा हुने » थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन

पूर्वडीआईजी जोशीलाई पोखरा ल्याइयो

अशोज ६, २०८१ मा प्रकाशित | १०४०दर्शक तीव्रखबर

पोखरा । काठमाडौँको बानेश्वरबाट पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई पोखरा ल्याइएको छ ।

जोशीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बानेश्वरबाट पक्राउ गरेको थियो ।

उनलाई अनुसन्धानका लागि पोखरा ल्याइएको हो । बुद्ध एयरको उडानमार्फत पोखरा ल्याइएको प्रहरीले जनाएको छ ।

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई र पूर्वगृहमन्त्री रवि लामिछानेसँग मिलेर जोशीले पनि रकम अपचलन गरेको संसदीय विशेष छानबिन समितिको निष्कर्ष छ ।

उनीहरू तिनैजना व्यापारिक साझेदार हुन् । उनीहरुले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा पाँचवटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको संसदीय छानबिन समितिको निष्कर्ष छ ।

सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन गरेको केही घण्टामै जोशी पक्राउ परेका थिए ।

प्रतिक्रिया