February 25, 2025, 3:44 am
» प्रचण्ड सहभागी हुने कार्यक्रमको दिन विद्यालय बन्द गर्न माओवादीको दबाब » कर्मचारीको काँधमा हात राखेकोमा माफी माग्दै मन्त्रीले दिए राजीनामा » प्रतिनिधिसभा बैठक आज बस्दै, कस्तो छ कार्यसूची ? » आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा हुने » थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन

प्रधानमन्त्रीकै काँधमा कस्ता व्यक्ति ?

अशोज ६, २०८१ मा प्रकाशित | ७३०दर्शक तीव्रखबर

काठमाडौं,  । नेपाली कांग्रेस-नेकपा एमालेबाट विभिन्न अपराधमा संलग्न व्यक्तिहरुले नै सांसदका टिकट पाउँदै आएको इतिहास साक्षी छ ।

प्रदेश र संघको संसद बनेका व्यक्तिहरुलाई हेर्दा नै यो कुरा पुष्टि हुन्छ ।

एमालेका लक्ष्मी कोइरी, टोपबहादुर रायमाझी, कांग्रेसका बादशाह कुर्मी, रोज राणा, मिनकृष्ण महर्जनहरु लोकतन्त्रका गहना भन्न पर्ने दिन आए जस्तो देखिन्छ ।

आरोप भने माओवादीलाई मात्र लगाएर पन्छिने दिन छैन् । कृष्णबहादुर महराका बाबुछोराको सुन तस्करसँग सम्बन्ध टुुन पुग्यो ।

अध्यक्ष प्रचण्डको टिमभित्र अवसर पाउने भाइ, छोरीज्वाइँहरु नै छन् । तर उनीहरु वादशाह कुर्मीजस्तो आरोपमा भने मुछिएका छैनन् ।

सरकारले आफु बच्न र बचाउनका लागि कानून कार्यान्वयन गर्दैन । किनकि प्रधानमन्त्री ओलीको बोली र व्यवहार फरक छ ।

मान्छेको मन बुझ्न केपी ओलीले पोलिटव्यूरो बैठकमा चर्काचर्की कुरा गरे । महेश बस्नेत, ऐन महर, गुलाबजंगजस्ताहरु ओलीकै कारण चर्चामा आए र गुमनाम पनि भए ।

बेथितिविरुद्धको अभियान सरकारले चलाउने हो । तर सरकार आफैं बेथितिमा रमाएको छ ।

सरकारले केवल जनताको आँखामा छारो हाल्ने काम गरेको छ । चाडपर्व आउँदा कालोबजारी चम्किएको छ, यसमा मन्त्री नै कालाबजारीसँग जोडिएका छन् ।

कांग्रेसका मन्त्रीहरु प्रधानमन्त्रीको एकल निर्णय र बोलीले क्रुद्ध बनेसगै गृहमन्त्री रमेश लेखकले प्रहरी,प्रशासन चलाउन नसकेको आरोप छ ।

प्रतिक्रिया