September 8, 2024, 3:21 am
» दश जोडीको दाइजोमुक्त सामूहिक विवाह » पाँचथर बम विस्फोट : घाइतेको उपचारको जिम्मा लियो सरकारले » डेंगु संक्रमणबाट झापामा एक बालकको मृत्यु » सुत्केरी मृत्यु प्रकरण: दोषीलाई कारवाही र पीडित परिवारलाई क्षतपूर्ति दिने सहमतिपछि शव पोष्टमार्टमका लागि पठाईयो » गणेश चतुर्थी पर्व मनाइँदै

सिमलताल बस दुर्घटना : खोजी कार्यलाई अझै तीब्रता दिन प्रचण्डको निर्देशन

असार ३१, २०८१ मा प्रकाशित | ३९०दर्शक तीव्रखबर

काठमाडौं : काम चलाउ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बस दुर्घटनापछिको खोजी कार्यलाई अझै तीब्रता दिन निर्देशन दिएका छन्। आज बिहान तीनवटा सुरक्षा अंगका प्रमुखलाई आफ्नो निजि निवास खुमलटारमा भेटेर प्रधानमन्त्री प्रचण्डले सिमलताल बस दुर्घटनापछिको खोजी कार्य र पछिल्लो अवस्थाको जानकारी लिएका हुन्।

भेटमा प्रधानमन्त्रीले सिमलताल लगायत देशभरका दुर्घटनामा जोखिम मोलेर खोज,राहत र उद्दारमा संलग्न सुरक्षाकर्मीलाई धन्यवाद व्यक्त गरे। उनले सिमलताललगायत  देशका विभिन्न भागमा बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपत्तिको कारण भएको जनधनको क्षतिप्रति दुख व्यक्त गरे।

उनले भने, ‘देशको राजनैतिक परिस्थिति जे जस्तो भएतापनि देशको स्थायी सरकारको रुपमा रहेको कर्मचारीतन्त्र र सुरक्षा निकायले अविचलित र अभिछिन्नरुपमा जनताको सेवामा लागि पर्नुहोला। ’

प्रतिक्रिया