October 18, 2024, 7:43 am
» विपक्षी दलको बैठकमा प्रचण्डले भने- रविजी पक्राउ पर्न सक्नुहुन्छ » आज र भोलि देशैभर भिटामिन ‘ए’ सँगै जुकाको औषधि खुवाइँदै » विपक्षी दलको बैठकबाट राजेन्द्र लिङ्देन र प्रभु साह बाहिरिए » विकास बैंकहरूको चुक्ता पुँजी ४२ अर्ब नाघ्यो » ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग

लागुऔषधसहित धरानबाट पाँचजना पक्राउ

असार ३१, २०८१ मा प्रकाशित | ४४०दर्शक तीव्रखबर

धरान : प्रतिबन्धित लागुऔषधसहित प्रहरीले धरानबाट पाँचजनालाई पक्राउ गरेको छ ।  विशेष  सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट  गएको प्रहरी अधिकृतको टोलीले १७ वर्षीय किशोरीको कोठामा चेकजाँच गर्दा अवैध लागुऔषध ट्रामडोल १४ हजार ९ सय एक क्याप्सुल, स्माजमोल  ७ हजार ४ सय  ९६ ९ सात हजार चार सय छयानब्बे ट्याप्लेट, कोलिबन १ हजार ५ सय ५५क्याप्सुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नविनकृष्ण भण्डारीले बताए ।

उनीहरूको साथबाट नगद ७६ हजार बरामद गरिएको छ । धरान-४ बस्ने २६ वर्षीय मदन राई, १९ वर्षीय सचिन राई , धनकुटा नगरपालिका-३ कागतेका ४५ वर्षीय चन्द्रध्वज राई र भारतको अररिया जिल्ला इन्द्रगडको २८ वर्षीय रविकुमार सिंहलाई पक्राउ गरिएको डीएसपी भण्डारीले बताए ।

प्रहरीले किशोरी नाबालिक भएकाले उनको परिचय खुलाइएको छैन । पक्राउ परेकाविरुद्द जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान थालिएको डीएसपी भण्डारीले बताए ।

प्रतिक्रिया