February 23, 2025, 2:47 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

गौर प्रादेशिक अस्पतालमा अख्तियारको छापा

अशोज १, २०८१ मा प्रकाशित | १५४०दर्शक तीव्रखबर

रौतहट– रौतहटको सदरमुकाम गौरस्थित प्रादेशिक अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले छापामारी गरेको छ । अख्तियारको टोलीले सोमबार राति प्रादेशिक अस्पतालमा छापामारी गरेको हो।

टोलीले अस्पतालको स्टोर रुममा खरिद अनुसारको औषधी उपकरण भए नभएको बुझी मुचुल्का उठाएर लगेका छन् । अख्तियारको टोलीले खोजे अनुसार परिमाणको उपकरण र सामाग्री नपाएपछि सोही अनुसार मुचुल्का गरि लगेको अस्पताल श्रोतले जनाएको छ।

स्टोरमा रहेको उपकरण र औषधीबारे अख्तियारको टोलीले प्रादेशिक अस्पताल गौरका स्टोर किपर राम अश्रे मुखियासंग केहिबेर सोधपुछ गरेको थियो। अस्पताल बिकाससमितिका अध्यक्ष अनवर साहमीले अख्तियारको टोली आएको पुष्टि गरेका छन् ।

मधेश प्रदेशका प्रादेशिक आपुर्ति समितिले प्रदेशभरि अस्पतालहरुमा आपुर्ति गरेको औषधी तथा स्वास्थ्य उपकरणमा अनियमितता भएको अख्तियारमा उजुरी परेपछि टोली परिचालन भएको अध्यक्ष हासमिले जानकारी दिएका छन् ।

हासमिका अनुसार अख्तियारको टोलीले प्रदेशको सबै प्रादेशिक अस्पतालमा औषधी र स्वास्थ्य उपकरण बारे छानबिन सुरु गरेको छ।

उता अस्पताल विकास समितिका अध्यक्ष अनवर हासमी र मेडिकल सुपरिटेन्डेन्ट मुरारी ठाकुरको मिलोमतोमा गोप्य टेन्डर गरि औषधी उपकरण खरिद, टाईल्स मार्बल जडान, मर्मत संहार, टिकट काउन्टरको रकम हिनामिना, भवन रङरोगन, इन्धन, न्यानो झोला बितरण, करार कर्मचारी भर्नादेखि निजी क्लिनिक र ल्याबसँग साठगाठ गरेको बिभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन हुँदै आएको छ ।

प्रतिक्रिया