September 8, 2024, 3:12 am
» दश जोडीको दाइजोमुक्त सामूहिक विवाह » पाँचथर बम विस्फोट : घाइतेको उपचारको जिम्मा लियो सरकारले » डेंगु संक्रमणबाट झापामा एक बालकको मृत्यु » सुत्केरी मृत्यु प्रकरण: दोषीलाई कारवाही र पीडित परिवारलाई क्षतपूर्ति दिने सहमतिपछि शव पोष्टमार्टमका लागि पठाईयो » गणेश चतुर्थी पर्व मनाइँदै

श्रीमतीको हत्या गरी श्रीमान फरार, खोजी कार्य जारी

असार ३१, २०८१ मा प्रकाशित | ३३०दर्शक तीव्रखबर

रुकुम पूर्व : रुकुम पूर्वमा श्रीमानले आफ्नै श्रीमतीको घाँटी रेटेर हत्या गरेका छन् । भूमे गाउँपालिका-६ तमारीका २७ वर्षका दामे भनिने जीवन ओलीले आफ्नै श्रीमती २५ वर्षकी अप्सरा ओलीलाई खुकुरीले घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक हरी भट्टराईले जानकारी दिएका छन्।

ओलीले शुक्रबार राती श्रीमतीको घाँटी रेटेर हत्या गरी घरदेखि सय मिटरको दुरीमा रहेको खोल्सामा फालिएको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक भट्टराईले बताएका छन् । उनका अनुसार हत्यामा संलग्न भनिएका मृतकका श्रीमान जीवन  ओली ५ वर्षका छोरा आयुश ओलीलाई साथमा लिएर फरार रहेका छन्।

उनको खोजीकार्य चलिरहेको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । शवको रुकुम पूर्व अस्पतालमा पोस्टमर्टम गरिएको छ ।

प्रतिक्रिया