February 23, 2025, 2:11 am
» Trump Signs Executive Order Restricting Chinese Investment in Key Sectors » Four Nepalis killed in road accident while returning from Kumbh Mela » पाथीभरा केबलकार विवादः फुङलिङमा आन्दोलनकारी र प्रहरीबीच झडप » ताप्लेजुङमा राजेन्द्र महतोलाई कालो झण्डा देखाइयो » बलकोटलाई दरबार भन्दा दुख लाग्छ, ३३ बर्ष जागिर खाएर बनाएकी हुँ- राधिका शाक्य

बलिवुड फिल्म स्त्री-२ ले अहिलेसम्म कति कमायो ?

भदौ ३१, २०८१ मा प्रकाशित | १३८०दर्शक तीव्रखबर

काठमाडौँ । बलिवुड फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । अहिलेसम्म फिल्म स्त्री-२ ले ५८० करोड १८ लाख कमाई गरेको छ ।
फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले रिलिजको पाँचौं सातासम्म ५८० करोड १८ लाख कमाएको जानकारी दिएका छन् । फिल्मले अहिले पनि राम्रो कमाई गरिरहेको र ६०० करोड क्लबमा सामले हुनसक्ने आदर्शले उल्लेख गरेका छन् ।
करिब ५० करोडको लागतमा बनेको यो फिल्मले पहिलो दिनमा नै आफ्नो लागत उठाएको थियो ।
अमर कौशिकले निर्देशन गरेको स्त्री-२ मा श्रद्धा कपूर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बेनर्जीलगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया