February 23, 2025, 2:50 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

फेरि अभिषेक र ऐश्वर्या डिभोर्सको चर्चा

भदौ ३१, २०८१ मा प्रकाशित | १०१०दर्शक तीव्रखबर

काठमाडौं– बलिउडमा नायक अभिषेक बच्चन र नायिका ऐश्वर्याको सम्बन्धबिच्छेदले फेरि चर्चा पाएको छ । ऐश्वर्याको औँलामा विवाहको औँठी नभएका कारण पुन: चर्चा चुलिएको हो ।

पछिल्लो समय यो जोडीको सम्बन्ध बिग्रिएको चर्चा छ । उनीहरु एकै कार्यक्रममा पनि छुट्टा-छुट्टै जाने गरेका छन् । यतिसम्म कि- भारतीय धनाढ्य मुकेश अम्बानीको छोरा अनन्तको विवाहमा यो जोडी छुट्टा-छुट्टै पुगेको थियो ।

अभिषेक आफ्ना बुवा अमिताभ, आमा जया, बहिनी र भान्जा-भान्जीसँग विवाह समारोहमा पुगेका थिए । ऐश्वर्या आफ्नो छोरीसँग विवाहमा सहभागी भएकी थिइन् । यो घटनाले पनि अभिषेक-ऐश्वर्याको सम्बनधविच्छेदले बढवा दिएको थियो ।

अभिषेक बच्चनले विवाहको औँठी नलागाई कार्यक्रमहरूमा उपस्थित हुन लागेपछि झन् सम्बन्ध बिग्रिएको अड्कलबाजीले बढवा पाएको थियो ।अहिले ऐश्वर्याले पनि विवाहको औँठी लगाउन छोडेकी छन् । केही दिनअघि ऐश्वर्या आफ्नो छोरीका साथ एक अवार्ड कार्यक्रममा उपस्थिति जनाउन दुबई पुगेकी थिइन् । उनलाई आयोजकले स्वागत गरेको भिडियो सार्वजनिक भएको थियो ।

प्रतिक्रिया