January 22, 2025, 7:59 am
» भारतमा भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु » ४ विकेटको क्षतिमा अष्ट्रेलियाले जोडयो ८६ रन » नागरिकता सम्बन्धी कसुरमा संलग्न व्यक्ति पक्राउ » Price of gold hits Rs 160 thousand per tola » कप्तान पुजाले लिईन अष्ट्रेलियाबिरूद्द ३ विकेट

ट्राफिक प्रहरीको लापसे चेकिङ, दुई चालक नियन्त्रणमा

भदौ २८, २०८१ मा प्रकाशित | १०६०दर्शक तीव्रखबर

काठमाडौँ । काठमाडौंको नागढुङ्गाबाट लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका २ जना चालकलाई शुक्रबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
बागमती प्रदेश ०६-००१ ज ०२ ७० नम्बरका माइक्रो चालक चितवनको भरतपुर महानगरपालिका २४ का २७ वर्षीय अजय वि.क र बागमती प्रदेश ०१-००६ ख ४६ ७८ नम्बरका बस चालक धादिङको गल्छी गाउँपालिका ८ का ३४ वर्षीय प्रकाश तामाङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङगाको संयुक्त टोलिले चेक गर्दा‍ लागुपदार्थ सेवन गरी  सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको छ ।
यात्रु बोक्ने जस्तो संवेदनशिल सवारी साधन चलाउने चालकलेनै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा नियम बिपरीत तथा दण्डनीय कार्य भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक बिश्‍वराज खड्काले बताए ।
यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जीवन समेत जोखिममा पर्ने  भएकाले आफु सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा  खबर गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया