September 19, 2024, 1:05 am
» भन्सार छली गरी ल्याएको मोटरसाइकलसहित एक जना नियन्त्रणमा » ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल » रवि लामिछानेलाई सहकारी ठगीमा मुद्दा चलाउनु पर्छ : गगन थापा » पाटन अस्पतालका सिनियर ल्याब टेक्निसियनविरुद्ध मुद्दा दायर » दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता

भदौ २८, २०८१ मा प्रकाशित | ५८०दर्शक तीव्रखबर

विराटनगर । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो ।
कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र राई भौतिक पूर्वाधार विकास मन्त्री र खगेनसिं हाङ्गामले उद्योग, कृषि तथा सहकारी मन्त्री बनेका छन् । यस्तै भूमिप्रसाद राजवंशीले भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । नवनियुक्त मन्त्रीहरुले शुक्रबारनै शपथ लिएका छन् ।
योसँगै कोशीमा एमाले नेता हिक्मत बहादुर कार्कीको नेतृत्वमा १० सदस्यीय सरकार बनेको छ ।
गत असार १७ गते केन्द्रमा एमाले र कांग्रेसबीच नयाँ गठबन्धन बनाउने सहमतिपछि गत साउन ११ गते सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिएका थिए ।

प्रतिक्रिया