काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले विभिन्न पदमा ३५जना नयाँ कर्मचारीका लागि आवेदन माग गरेको छ ।
निगमले आज एक सूचना जारी गर्दै खुला तथा समावेशी रूपमा पदपूर्ति गर्ने गरी विभिन्न तहमा ३५ कर्मचारी माग गरेको हो ।
यी सबै पदको लागि सूचना प्रकाशित भएको २१ दिनभित्र दरखास्त दिनुपर्ने छ । म्याद सकिएको दिनदेखि ७ दिनभित्र दोब्बर दस्तुर तिरी दरखास्त दिन सकिने छ ।
हेर्नुस् सूचना :
प्रतिक्रिया