January 23, 2025, 9:46 am
» महाराष्ट्रः जलगाउँ रेल दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो » महिला प्रदेशसभा सदस्यको गुनासो : महिला भएकै कारण विभेद » विष्णु पौडेलको खेतमा भेटिएको बम डिस्पोज » प्रेस चौतारी नेपाल डडेल्धुराको अध्यक्षमा लक्ष्मीकुमारी » रबि लामिछानेको बहस जारी

भक्तपुरमा ३८ जना बाजा प्रशिक्षार्थीहरु दिक्षित

भदौ २७, २०८१ मा प्रकाशित | ७८०दर्शक तीव्रखबर

भक्तपुर । निओ फ्युजन स्कुल अफ कम्प्युटर इनाचो भक्तपुरबाट सञ्चालित निओ फ्युजन बाजा समुहको ९ ओैं धिमेबाजा र ५ ओैं धाँ बाजा समुहको दिक्षान्त (पिधानेगु) विहीबार सम्पन्न भएको छ । जम्मा धिमे र धाँ बाजामा १९।१९ जना गरी जम्मा ३८ जना विद्यार्थी दिक्षान्त भएका हुन् ।
बाजा समूहका अध्यक्ष सबिन लेबाले धाँ बाजामा ६ जना छात्रा र १३ छात्र दीक्षित भएको बताए । त्यस्तै धिमे बाजाका प्रशिक्षक उगेन बोयजुले धिमेमा १२ जना छात्रा र ७ जना छात्र रहेको जानकारी गराए ।
धाँ मा पहिलो अर्थात नायो एलेक्स कोजुले आफूलाई धाँ बाजा बजाउन एकदम सिक्न मन लागेकोले सिकेको बताए । साथै बुबाको इच्छा पुरा गर्न पनि आफूले बाजा सिकेको उनी बताउँछन् । कोजु भन्छन्, अब आउने गाईजात्रामा (सापारु) मा घिन्तानघिसीमा धाँ बजाउँछु ।
त्यस्तै धाँ को नकिंग (उपविजेता) बबिना ध्योजुले दाइले धिमे र धाँ बजाएको देखेर आफूलाई पनि सिक्न मन लागेर सिकेको बताउँछिन् । त्यस्तै धिमेका नाय (विजेता) प्रतिक कुम्पाख, निकिंग इशा श्रेष्ठले बाजा सिक्नेले सानैदेखि धिमे बजाउने सिक्ने इच्छा भएको बताए ।
तालिम तीन महिना चलेको थियो । निओ फ्युजन बाजा समूहले वर्षेपिच्छे बाजागाजा सिकाउँदै आएको छ । निओ फ्युजन बाजा समूह २०७६ मा स्थापना भएको हो ।  अहिलेसम्म ६ सय जना प्रशिक्षार्थीले बाजा सिकेको संचालक बालकृष्ण बनामाला बताउँछन् । धाँ, धिमे, बासुरी, पछिमा, पोङ्गा, लालाखिंङ्गलगायतका बाजागाजा प्रशिक्षण दिने गरेको जनाइएको छ । प्रत्येक वर्ष कम्तीमा हरेक बाजाको दुई दुई समूहलाई प्रशिक्षण दिँदै आएको जनाइएको छ ।

प्रतिक्रिया