September 19, 2024, 1:04 am
» भन्सार छली गरी ल्याएको मोटरसाइकलसहित एक जना नियन्त्रणमा » ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल » रवि लामिछानेलाई सहकारी ठगीमा मुद्दा चलाउनु पर्छ : गगन थापा » पाटन अस्पतालका सिनियर ल्याब टेक्निसियनविरुद्ध मुद्दा दायर » दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

कोशीमा संसदीय समिति सभापतिको निर्वाचन, तीन दलबीच भागबण्डा

भदौ २७, २०८१ मा प्रकाशित | ५२०दर्शक तीव्रखबर

विराटनगर । कोशी प्रदेशसभाका संसदीय समितिको निर्वाचन  २१ महिनापछि हुन लागेको छ  । भाद्र २८ गते शुक्रबारका लागि तोकिएको निर्वाचनमा उम्मेदवारीको प्रस्ताव दर्ता गर्ने समय आज १० बजेदेखि साँझ ५ बजेसम्मका लागि तोकिएको छ ।
प्रदेश सभा सचिवालयका अनुसार आजै उम्मेदवारको नामावली प्रकाशन ५: १५ सम्ममा हुने र दाबी विरोधका लागि ५:१० देखि ५:३० सम्म, दाबी विरोधमाथि छान ५:३० देखि ५:४५ सम्म, उम्मेदवारी फिर्ताको समय ५:४५ देखि ६:०० बजेसम्म र उम्मेदवारीको अन्तिम नामावली प्रकाशन ६ बजेर १५ मिनेटसम्ममा हुने जानकारी दिएको छ । त्यस्तै निर्वाचन भने २८ गते दिउँसो २ बजेदेखि हुने तालिका संसद् सचिवालयले जानकारी दिएको छ ।
यसैबिच प्रदेशसभाको ७ वटै विषयगत समितिको सभापतिको उम्मेदवारको टुङ्गो लागेको छ । कोशी प्रदेशसभामा न्याय प्रशासन तथा विधायन समिति, सुशासन तथा योजना समिति, अर्थ समिति, सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति, उद्योग पर्यटन तथा वातावरण समिति र प्राकृतिक स्रोत तथा पूर्वाधार समिति छन् ।
प्रदेश सभामा रहेका ७ समितिहरुमा एमाले र काँग्रेसले ३-३ र माओवादी केन्द्रले एक समितिको सभापति पाउने गरि सहमति भएको छ ।
जसमा एमालेले आफ्नो भागमा परेका समितिहरूमा होमबहादुर थापा प्राकृतिक स्रोत तथा पूर्वाधार समिति, कमला दर्नाल न्याय प्रशासन तथा विधायन समिति  र रामदेव यादव उद्योग, पर्यटन तथा वातावरण समितिको सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
त्यस्तै काँग्रेसले पाउने सामाजिक विकास समिति सभापतिमा गयानन्द मण्डल, सुशासन तथा योजना समितिको सभापतिमा खगेश्वरी पौडेल र अर्थ समितिको सभापतिमा विनोद वान्तवा राई उम्मेदवार बन्ने भएका छन् ।
त्यसैगरी माओवादीले पाउने सार्वजनिक लेखा समितिको सभापतिमा भने राजन किराँती उम्मेदवार बन्ने दलका नेता इन्द्र आङ्बोले जानकारी दिएका छन् ।

प्रतिक्रिया