September 20, 2024, 5:47 am
» प्रधानमन्त्री ओली आज अमेरिका जादै » च्याम्पियन्स लिगमा मोनाकोसँग बार्सिलोना पराजित » मनसुनी वायुको प्रभाव: दिउँसो देशभर आंशिकदेखि साधारणत बदली » ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै

इन्टरनेटको पैसा तिर्ने कुरामा विवाद : श्रीमतीको हत्या, २ छोरी घाइते

भदौ २६, २०८१ मा प्रकाशित | ३४०दर्शक तीव्रखबर

सिमरा : इन्टरनेटको पैसा तिर्ने कुरामा विवाद हुँदा बाराको निजगढमा श्रीमानले आफ्नै श्रीमतीलाई खुर्पा प्रहार गरी हत्या गरेका छन् । निजगढ नगरपालिका ९ भमराका ४५ वर्षीय बिमलकुमार बस्नेतले ४० वर्षीया श्रीमती लक्ष्मी राईको खुर्पा प्रहार गरी हत्या गरेका हुन् ।

घटनामा उनको १८ वर्षीया छोरी गंगा गम्भीर घाइते भएकी छिन् भने अर्की १५ वर्षीया छोरी जमुना सामान्य घाइते छिन् । गम्भीर घाइते गंगालाई वीरगन्जबाट थप उपचारका लागि काठमाडौं लगिएको छ । गंगाको हातमा गम्भीर चोट लागेको र अत्यधिक रक्तश्राव भएका कारण थप उपचारका लागि काठमाडौं पठाइएको बाराका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए ।

प्रहरीका अनुसार मदिरा सेवन गरेर आएका बिमललाई लक्ष्मीले इन्टरनेटलाई तिर्न पैसा नहुने तर मदिरा खान पैसा हुने भन्दै गाली गरेकी थिईन् । पैसा नतिरेका कारण केही दिनदेखि घरको इन्टरनेट चल्न छोडेको थियो । सोही निहुँमा विवाद चर्किदै गएपछि बिमलले नजिकै रहेको खुर्पाले लक्ष्मीलाई प्रहार गरेका हुन् । खुर्पाले घाटीमा प्रहार गरेका कारण लक्ष्मीले घटनास्थलमै ज्यान गुमाइन् । यता बुवाले आमालाई खुर्पा प्रहार गरिरहेका बेला छुटाउन पुगेकी गंगालाई हातमा गम्भीर चोट गरेको हो । प्रहरीका अनुसार उनको हातको नशा काटिएको छ । उनलाई निजगढ अस्पताल, वीरगन्जस्थित नेशनल मेडिकल कलेज हुँदै काठमाडौं लगिएको छ । सामान्य घाइते जमुना दिदि गंगासंगै अस्पताल गएकी छिन् । प्रहरीले बिमललाई खुर्पासहित नियन्त्रणमा लिएको छ ।

दिवाकर भन्डारी अन्नपूर्ण बाट

प्रतिक्रिया