November 15, 2024, 6:39 pm
» न्यूजील्याण्डकी कान्छी सांसद : जसले संसद्‍ बैठकमा गरेको विरोधको विश्वभर चर्चा » हमासले सार्वजनिक गर्‍यो इजरायली बन्धक ट्रुपानोभको चौथो भिडियो » चोरीका गहनासहित सुनचाँदी पसले पक्राउ » डिजेल र मट्टितेलको मुल्य प्रतिलिटर ३ रुपैयाँले बढ्यो » किलर ह्वेल’को उद्धार

साइबर ठगीको बदलिँदो शैली र नियन्त्रणमा देखिएका चुनौती

भदौ २४, २०८१ मा प्रकाशित | ५९०दर्शक तीव्रखबर

समाजमा हुने विभिन्न प्रकृतिका घटनाको नियन्त्रण र न्यूनीकरणको लागि नेपाल प्रहरीले निरन्तर रूपमा काम गर्दै आइरहेको छ ।

खास गरेर अपराधको नियन्त्रण तथा प्रभावकारी अनुसन्धान मार्फत आम नागरिकको जिउधनको सुरक्षा र घटनामा पीडितलाई न्यायको अनुभूति गराउने कार्यमा नेपाल प्रहरीको केन्द्रदेखि तल्लो तह अर्थात् नेपाल प्रहरी प्रधान कार्यालयदेखि अस्थाई प्रहरी पोष्टसम्म कार्यरत सकल दर्जाका प्रहरी कर्मचारी निरन्तर रूपमा लागि परिरहेका छन् ।

नागरिकको जिउधनको सुरक्षाको लागि २४ सै घण्टा तल्लीन नेपाल प्रहरीका सकल दर्जाको प्रयास निरन्तर रूपमा रही रहे तापनि अपराधका बदलिँदो शैलीको कारण कतिपय अपराधको नियन्त्रण र न्यूनीकरण नेपाल प्रहरीको लागि थप चुनौतीपूर्ण हँुदै गएको छ ।

त्यस्ता अपराधमध्ये साइबर अपराध अन्तर्गतको साइबर ठगी पनि एउटा हो । प्रविधिको विकास र प्रयोगका साथै आम नागरिकमा यसको निर्भरताको कारण पनि कतिपय अवस्थामा साइबर अपराधका घटनामा कमि आउनुको साटो पछिल्लो समयमा झन् बढ्दो अवस्थामा छ ।

त्यसमापनि संख्यात्मक भन्दा पनि गुणात्मक रूपमा भएको वृद्धिलाई र अधिकांश अपराधमा कतै न कतै साइबर स्पेस अथवा सामाजिक सञ्जालको प्रयोग कहिँ न कहिँ भएको देखिनुले गर्दा पछिल्लो समयमा यसको नियन्त्रण थप चुनौतीपूर्ण बन्दै गएको छ ।

हुन त साइबर अपराध अनुसन्धानमा नेपाल प्रहरीको सक्रियतासँगै नागरिकमा पनि चेतनाको स्तर बढ्दै नगएको चाहिँ हैन तर पनि साइबर अपराधको अन्तर्गत साइबर ठगीको शैलीमा पनि क्रमशः देखिएको परिवर्तनसँगै ठगीका घटनामा पनि कमी आउनुको साटो थप वृद्धि हुँदै जानुले ठगीका घटना नियन्त्रण र अनुसन्धान थप चुनौतीपूर्ण हँुदै गएको छ ।

विगतमा साइबर ठगीका शैलीलाई हेर्ने हो भने सामाजिक सञ्जाल फेसबुकमार्फत मित्रता बढाउने त्यस पश्चात उपहार पठाएको बहाना गर्दै भन्सारमा उपहार आईसक्यो भने पश्चात भन्सारकोकर्मचारी बनेर पीडितलाई विभिन्न खाता नम्बरमा पैसा पठाउन लगाई पछि सम्पर्क बिहिन हुने प्रवृत्ति अत्याधिक थियो ।

त्यसमा भारतको बन्दरगाहामा सामान आईपुगेको भनेर भारतीय बैंककै खातामा पैसा राख्न लगाउने प्रवृत्ति थियो । पछि नागरिक सचेत हुन थालेपछि ठगी गर्नेले नेपालीकै खातामा पैसा जम्मा गर्न लगाउने र ठगी गर्ने प्रवृत्तिमा वृद्धि हुन थाल्यो ।

यस्तो अवस्थामा पीडितलाई पैसा नेपालीकै खातामा हालिदिए पछि उपहार नपाए सोही मानिस मार्फत पैसा फिर्ता पाइन्छ भन्ने लोभमा पीडितले ढुक्क भएर पैसा पठाएको पाइयो ।

त्यस्तोमा जसको खातामा पैसा पठाईएको थियो त्यसलाई पनि अनलाईन जागिरको नाममा उसको खाता प्रयोग गर्ने र उसको खातामार्फत विभिन्न तहमा पैसा जम्मा गर्न लगाई अन्त्यमा सिमा पारी भारतीय बजारमा पैसा पठाएको पाईयो ।

यसै गरी ठगीको अर्को शैली अन्तर्गत मोबाइलमा लक्की ड्र अन्तर्गत ठुलो धनराशी पुरस्कार परेको भनेर मेसेज पठाउने र पिडितले पैसा पाउनको लागि के गर्नु पर्छ भने पछि उक्त पैसा प्राप्त गर्नको लागि कर बापतको पैसा तिर्नु पर्छ भनेर विभिन्न बैँक खातामा पटक पटक पैसा हाल्न लगाई सम्पर्क बिहिन हुने गरेका घटना अत्याधिक थियो ।

यसरी गरिने ठगीमा व्हाट्सएप को समेत प्रयोग गर्ने गरीएको पाईएको थियो । यसमा पनि पैसा पठाउने शैली अगाडिकै घटनाजस्तै थियो ।

त्यस्तै ठगीको अर्को शैली अन्तर्गत फेसबुक मार्फत मित्रता कायम गर्ने र आफूलाई विभिन्न द्वन्द्वरत मुलुकमा सेनाको रूपमा कार्यरत रहेको बताउदै उसको नजिकको साथीको देहान्त भएको उसको नाममा ठुलो मात्रामा नगद रहेको र उक्त नगद नेपालमा पठाउने आश्वासन दिँदै ठगी गर्ने गरेको पाइन्थ्यो ।

अझ पीडितलाई विश्वासमा पार्नको लागि मृतकको थर पीडितसँग मेलखाने र पीडितसँग नाता कायम गरेर पैसा नेपाल पठाउने आश्वासन दिन्छ ।

जब पीडित प्रलोभनमा पर्छ र पैसा प्राप्त गर्नै प्रकृयाको बारेमा जानकारी लिन खोज्छ तब ठगी गर्नेले त्यसको लागि कर तिर्नु पर्ने भन्दै विभिन्न खातामा पटक पटक पैसा जम्मा गर्न लगाई सम्पर्क विहिन हुन्छ ।

यसमा पनि ठगी गर्नेले नेपालीकै नाममा रहेको विभिन्न खाता नम्बर वा क्यूआर कोड दिन्छ । माथिका विधि पुरानो तर आजकल पनि छिटफुट घट्ने घटना हुन् ।

यी घटनामा पैसा जम्मा गर्ने खातावालाहरूलाई उनीहरूले विभिन्न अनलाईन जागिरको प्रलोभनमा पारी तह तहमा पैसा पठाउन लगाएको पाईन्छ र सिमा नाका हुँदै सिमा पारी नगदै पैसा बु्झाएको देखिन्छ ।

यस्तो अवस्थामा मुख्य अभियुक्तसम्म पुग्न प्रहरी आफैँलाई चुनौतीपूर्ण छ । अहिले माथि उल्लेखित विधि पुरानो भएकोले यस विधिबाट हुने ठगीका घटनामा कमि आईसकेपश्चात ठगी गर्नेले पनि विभिन्न नयाँ तौर तरिका अपनाउन थालेको पाईएको छ ।

जस अन्तर्गत अहिले विभिन्न व्यक्तिको फेसबुक माथि पहुँच पु¥याएर उसका साथीहरूलाई विभिन्न बहानामा पैसा माग्ने र पैसा हाल्न विभिन्न बैँक खाता दिएर पैसा हाली ठगी गर्ने गरिएको पाईन्छ ।

यसै गरी त्यस्तो ह्याक गरिएको फेसबुक मार्फत इ–सेवा आईडीको प्रयोग अनुमती माग्ने र उक्त आईडी मार्फत समेत पैसा झिक्ने गरिएको पाईन्छ ।

यसरी जम्मा गरेको पैसा पनि सोझै नझिकेर विभिन्न सेवा प्रदायक जस्तै मोबाइल सर्भिस सेन्टर, किराना पसल, स्टेसनरी आदि स्थानमा गएर विभिन्न समस्या दर्साई उनीहरूको ई–सेवामा जम्मा गरिदिने र नगद लिएर जाने गरेको देखिन्छ ।

पछि जब पीडित प्रहरी कार्यालयमा जान्छ र पैसा गएको स्थान सम्म पुगे शंकित व्यक्ति प्रहरी कार्यालयमा आईपुगे पश्चात मात्र व्यक्ति ठगीको श्रृङ्खला पटाक्षेप हुन्छ ।

यस्तो घटनामा सबै भन्दा अनौठो पक्ष चाहिँ कसैले म्यासेन्जरमा मागेको आधारमा एकपटक पनि नसोची भनेको खातामा पैसा जम्मा गरीदिने आफन्तले म्यासेन्जरमा म्यासेज गरेकै आधारमा आफ्नो वालेट प्रयोगको लागि दिने कुरा चाहिँ अचम्म लाग्दो छ । (यसमा ई–सेवा भने तापनि अहिले प्रयोगमा रहेका खल्ती, आईएमई पे, माई पे लागायत विभिन्न २७ वटा वालेट मध्ये जुनसुकै पनि हुन सक्छ ) ।

यसै गरी अहिले विभिन्न नम्बरबाट फोन गरेर तपाईँको ई–सेवा खल्ती लगायतको कार्यालयबाट बोलेको हो तपाईँकोमा पैसा ट्रान्सफर गर्दा पैसा काट्दो रहेछ हामी सिस्टमबाट पैसा नकाट्ने बनाईदिन्छौँ एकछिनमा तपाईँको मोबाइलमा ओटिपी आउछ त्यो पठाउनुस् भन्दै उक्त ओटिपी मार्फत सिस्टममा पहुँच पु¥याएर रकम ट्रान्सफर गर्ने गरिएको छ ।

अझ सेवाग्राहीले विश्वास गरून् भनेर कतिपयले ह्वाट्स एपमै सम्बन्धित सेवा प्रदायकको लोगो समेत राखेर ठगी गर्ने पाईएको छ । यस्तोमा कसैले पनि भ्रममा नपरी ओटिपी कसैलाई पनि पठाउनु हुँदैन भनेर सचेत हुनु जरूरी छ ।

त्यस्तै कुनै पनि सेवा प्रदायकले सेवा वापतको दस्तुर छुट वा मिनाह गर्न फोन गर्दैनन् भन्ने बुझ्नु पर्दछ ।

यसै गरेर अर्को शैली भनेको अहिले सामाजिक सञ्जालमा रहेका विभिन्न चर्चित व्यक्ति जस्तै जाम जाम ईलेक्ट्रोनिक्सको सञ्चालाक बडेभाइ छोटेभाइको नामबाट उनीहरूको भिडियो लाईक गरेबापत आईफोन जितेको र उक्त सामान पाउन सम्पर्क गर्न भनेर विभिन्न व्हाट्सएप नम्बर पठाई  ुराकानी गर्ने र पछि उक्त आईफोन पाउन कर बापतको पैसा तिर्नु पर्ने भनि विभिन्न बैँक खाता नम्बर वा क्युआर दिई पटक पटक पैसा जम्मा गर्न लगाएर अन्त्यमा सम्पर्क विहिन हुने गरेको पाईएको छ ।

त्यस्तै पछिल्लो समय देखिएको ठगीको अर्को शैलीमा इन्स्ट्राग्राम मार्फत विभिन्न सामान, कपडा मोबाइल बजार मूल्य भन्दा धेरै सस्तोमा राखेर विज्ञापन गर्ने अनि सेवाग्राहीहरू पनि सस्तोमा सामान पाईयो भनेर अर्डर गरे पश्चात उनीहरूले सिमित स्टक भएकोले पैसा पहिला पठाएमात्र डेलिभरी दिन सकिने बताउछन् ।

त्यसपश्चात सेवाग्राहीले पैसा भुक्तानी गरिसके पश्चात सेवाग्राहीलाई ब्लक गरीदिने वा सम्पर्क विहिन हुने घटना पनि दिन प्रतिदिन बढ्दो क्रममा छ । यसै गरेर अर्को तर्फ अहिले पछिल्लो समयमा भएको अनलाईन मार्फत पैसा कमाउने भनि राखिएका विभिन्न विज्ञापन पनि हुन् ।

सामाजिक सञ्जाल फेसबुक र इन्स्ट्राग्राममा राखिएका यस्ता विज्ञापनमार्फन प्रयोगकर्तालाई आकर्षित गरी ह्वाट्स एप मार्फत सम्पर्कमा ल्याउने र त्यस पश्चात सामाजिक सञ्जाल टेलिग्राम मार्फत जोडी विभिन्न टास्क दिने उक्त टास्क अन्तर्गत उनीहरूको प्लेटफर्ममा राखिएका सामान खरिद गरी त्यसको बिक्री भएपश्चात नाफा दिने भन्ने प्रलोभनमा पारी ठगी गर्ने गरिएको पाईएको छ ।

यसमा सुरूवातमा थोरै रकम लगानी गर्न लगाउने र त्यसको नाफा प्रदान गर्ने र पछि ठुलो रकम लगानी गर्न लगाई तपाईँको टास्क पूरा भएन अब त्यो भन्दा ठुलो टास्क पूरा गरेमा पुरानो टास्कको पनि नाफा सहित पैसा फिर्ता हुने भनि प्रलोभनमा पारी ठुलो धनरासी ठगी गर्ने गरिएको पाईएको छ ।

यसमा टास्क भन्नाले उनीहरूले बनाएको फेक अनलाईन प्लेटफर्ममा विभिन्न सामान र त्यसको मूल्य राख्ने उक्त सामान सेवाग्राहीलाई सुरूमा खरिद गर्न लगाउने त्यस पश्चात तोकिएको समय भित्र त्यसको बिक्री भएमा टास्क पूरा भएको मान्ने र बिक्री नभएमा लगानीनै नपाउने भन्ने नियम राखेर पटक पटक लगानी गर्न लगाई ठगी गर्ने गरिएको पाईएको छ ।

यस प्रकारको ठगीमा पनि पीडितको पैसा विभिन्न तहमा जम्मा गर्न लगाई मुख्य व्यक्तिले लिने गरिएको पाईएको छ । त्यस्तै यसमा एकथरी समूहलाई लगानी गर्न लगाउने र अर्को समूहलाई पैसा ट्रान्सफर गर्ने जागिर भनी ठगी गर्ने गरिएको छ ।

त्यस्तै पैसा ट्रान्सफर गर्नेलाई दुई प्रतिशत कमिसन भनेर काममा लगाईएको पाईएको छ । अहिले यस प्रकारको ठगीको घटना अत्याधिक रूपमा बढेको छ । खास गरेर घरमै बसेर लाखौँ रूपैयाँ कमाउने लोभले सयौँ व्यक्ति यस किसिमको ठगीमा पर्ने गरेका छन् ।

यसै गरेर अहिले विभिन्न साईटमा कोठा वा फ्ल्याट भाडामा भनेर राखिएकोमा विभिन्न विदेशी नम्बरबाट फोन गरी कोठा वा फ्ल्याट मन परेको भनेर भाडामा लिनको लागि डिटेल भर्न भनेर घर धनिलाई विभिन्न फिसिङ एप निर्माण गरेर विवरण भर्न लगाई पीडितको बैँक खातामा पहुच पु¥याई रकम ट्रान्सफर गर्ने गरिएको पाईएको छ ।

यसमा पीडितलाई उसको मोबाइलमा बैँकले पठाएको ओटिपी लाई फर्मको कन्फर्मेसन ओटिपी भनेर झुक्याई ओटिपी मागी ठगी गर्ने गरेको पाईएको छ । यस्तै व्यक्तिको बैँक खातामा पहुच पु¥याउन फेसबुक ह्याक गरी भोटिङ गर्नुस् भनी त्यस्तै ओटिपी मागी समेत पैसा ट्रान्सफर गरेको देखिएको छ ।

माथिका हरेक जसो घटनामा मुख्य ठगी गर्ने व्यक्ति वा गिरोहले विभिन्न तहमा आम मानिसलाई प्रलोभनमा पारी ठगी गर्ने र त्यसरी ठगी गर्दा मुख्य गिरोहसम्म पुग्ने सबै बाटोहरू बन्द गरी पीडितलाई नै पीडक बनाउन वातावरण सिर्जना गर्ने गरेको पाईएको छ । त्यसमा मुख्यतया ३ वटा पक्ष सचेत हुनु जरूरी छ ।

पहिलो पक्ष भनेको पहिलो तहको पीडित जो माथि उल्लेख गरिएका कुनै पनि बहानामा प्रलोभनमा नपर्ने । अर्थात् उपहार चिठ्ठा अपुताली जस्ता बहाना साथै अनलाइन जागिर लगायतको प्रलोभनमा विल्कुल नपर्ने ।

यो सबै ठगी गर्ने बहाना मात्र हुन् भन्ने कुरामा ढुक्क भए हुन्छ किनभने गिफ्ट वा उपहार पठाउने व्यक्तिले कहिले पनि कर वा अन्य बहानामा पैसा माग्दैन त्यस्तै नाम थर मिल्दैमा अपुताली त्यसै पर्दैन र परे तापनि यो ग्रहण गर्ने विभिन्न कानूनी बाटो छन् ।

त्यसै ग्रहण गर्न पनि मिल्दैन । त्यस्तै दोस्रो पक्षले बुझ्नुपर्ने कुरा भनेको कसैले भनेकै भरमा पैसा ट्रान्सफर गर्नु हुँदैन त्यसको अन्तिम जवाफदेही सोहि व्यक्ति हुन्छ । त्यसै गरेर कसैले फेसबुक म्यासेन्जरमा पैसा माग्दैमा सोझै दिईहाल्ने पनि हैन ।

एक पटक फोनबाट कन्फर्म गर्नुस् । फेसबुक ह्याक भएको पनि हुन सक्छ । नभए म्यासेन्जरमा भिडियो कल गर्नुस सोही व्यक्ति हो होइन कन्फर्म गर्नुस् ।

तेश्रो पक्ष भनेको आफ्नो ईसेवा लगायतको आईडी वा मोबाइलमा आएको विभिन्न ओटीपी तपाईँको हो अरू कसैलाई पनि दिनुहुँदैन ठगीमा पर्न सकिन्छ सचेत बन्नुस् । त्य

स्तै अर्को महत्वपूर्ण कुरा भनेको अनलाईन मार्फन सामान खरिद गर्दा पहिला भुक्तानी गर्नु पर्दा विचार गरेर मात्र गर्नुस् ठगी हुन सक्छ । अन्त्यमा ठगीको प्रमुख कारण प्रलोभन र आकस्मिक निर्णय हो यो दुवैमा कार्यमा विचार पु¥याउनु भयो भने ठगीबाट पक्कै पनि जोगिन सक्नुहुनेछ ।

अर्को तर्फ ठगी गर्नेले विभिन्न नवीनतम उपाय अपनाउदै गएकोले कुनै पनि प्रलोभन जन्य सामाग्री सामाजिक सञ्जालमा पाउनुभयो भने नजिकको साथीभाइ वा प्रहरी मार्फत पनि सहयोग वा जानकारी प्राप्त गर्न सकिन्छ भन्ने विषय भुल्नु हुँदैन । नेपाल प्रहरीद्वारा प्रकाशित द्वैमासिक प्रकाशनबाट साभार ।

प्रतिक्रिया