September 20, 2024, 9:53 am
» जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ » सहकारी ठगीमा फरारहरु खुलेआम : यस्ता छन् फरारहरुको नाम लिष्ट » पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टको राजीनामा » समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो » कृषिमन्त्री अधिकारीलाई डेंगु संक्रमण, मन्त्री क्वाटरमै आराम गर्दै

आईजीपी कुवँरको कडा निर्देशन, ‘पूर्वजानकारीबिना शक्तिकेन्द्र धाए कारवाही’

भदौ २३, २०८१ मा प्रकाशित | ५८०दर्शक तीव्रखबर

काठमाडौं । नेपाल प्रहरीका अधिकृतहरूले अब पूर्वजानकारीबिना राजनीतिक दलका नेता तथा शक्तिकेन्द्रलाई भेट्न नपाउने भएका छन् । प्रहरी प्रधान कार्यालयले आज परिपत्र जारी गर्दै भेटघाट गर्न रोक लगाएको हो ।

माथिल्लो कार्यालय र कर्मचारीको पूर्वस्वीकृतिबिना अमुक व्यक्ति तथा शक्तिकेन्द्रसँग भेट गरी परिपत्र उल्लंघन गर्ने कर्मचारीलाई अभिलेख गरी हदैसम्मको विभागीय कारबाही गर्ने पत्रमा उल्लेख रहेको प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको सचिवालय स्रोतले जनाएको छ ।

‘कर्तव्य पालनाको सिलसिलामा बाहेक अन्य कुनै अमुक शक्तिकेन्द्र वा व्यक्तिसँग भेट गर्नुपर्नाको प्रयोजन खुलाइ तालुक कार्यालयमा जाहेरी गरी पूर्वस्वीकृति लिएर गरिने सम्पर्कबाहेक संगठनको मूल्यमा व्यक्तिगत स्वार्थपूर्तिका लागि गरिने अशोभनीय भेटघाट, सांगठनिक कामकारबाहीमा बाह्य प्रभाव पार्नेलगायतका कुनै पनि गैरव्यावसायिक अनुशासनहीन एवं आत्मकेन्द्रित क्रियाकलापमा कुनै पनि प्रहरी कर्मचारी संलग्न रहेभएको पाइएमा त्यसलाई नै प्रमाणका रुपमा लिई अभिलेखमा जनिने गरी प्रहरी नियमावलीबमोजिम हदैसम्मको सजाय हुने,’ परिपत्रमा भनिएको छ ।

प्रधान कार्यालयले यो विषय कार्यालय प्रमुख तथा मातहतमा काम गर्ने सबै प्रहरी कर्मचारीलाई सुनी सुनाइ सोको व्यहोरा यस सचिवालयमा प्रेषित गर्न अनुरोधसमेत गरेको छ ।

प्रहरी प्रधान कार्यालयमा सरुवा, बढुवा, पुरस्कारलगायत विभिन्न वृत्ति विकाससम्बन्धी निर्णयमा अधिकृत तथा जवानहरुले मन्त्री, प्रशासक, सांसद, राजनीतिक दलका नेता रकार्यकर्ताको दबाब आएपछि परिपत्र जारी गर्नु परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया