September 16, 2024, 7:06 pm
» परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान » नेपालले टस जित्यो, क्यानडालाई ब्याटिङको निम्तो » स्नानको क्रममा तीर्थयात्री बगेर बेपत्ता » रवि लामिछानेले गोर्खा मिडियाको शेयर खरिद-बिक्री किर्ते कागजका आधारमा गरेको समितिको ठहर » जुम्लामा उत्पादीत स्याउले बजार नपाएको सांसद शाहीको गुनासो

ममता काफ्ले हत्या प्रकरण : नेपाल सरकारको भुमिका के ? मनसास आसपासका पार्क र स्कुलमा प्रहरीको सर्च

भदौ २२, २०८१ मा प्रकाशित | ५६०दर्शक तीव्रखबर

काठमाडौं । ममता काफ्ले हत्या प्रकरणले सिंगो अमेरिकामा बस्ने नेपाली मुलका नागरिक देखि नेपालमा समेत चिन्ता बढाएको छ ।

सात समुन्द्र पारी आफ्नैबाट हत्या भएको समाचारले स्वभाबिक रुपमा पिडा बढाएको हो । नेपाली नर्स  ममता काफ्ले हत्या प्रकरणमा नेपाल सरकार र अमेरिका स्थित नेपाली दुतावासले कस्तो भुमिका निर्वाह गरेको छ ।

अमेरिकामा बसोबास गर्दै आएका नेपाली नागरिक थप चिन्तित अवस्थामा रहेका छन् । आफ्नो मुलुकको नागरिक जो २८ वर्षीया ममता काफ्ले भट्ट ।

तीन हप्तादेखि हराइरहेकी थिइन्, उनको हत्या आरोपमा उनकै पति नरेश भट्टलाई प्रहरीले पक्राउ गर्यो । अदालतका कागजात अनुसार, नरेश भट्टले ममता भट्टको हत्या गरेको र शवलाई घरभित्रैबाट बाहिर तानेर लगेको आरोप लगाइएको छ।

उनको शव लुकाएको अभियोगमा पक्राउ उनका पति नरेश भट्टका पक्राउ परेका छन् भने उनको पक्षबाट ग्रान्ड जुरी रद्द गर्न माग गरी दायर गरिएको मोसन न्यायाधीशले स्वीकृत गरेका छन्।

यस बिषयमा नेपाली दुतावासको भुमिका बारे प्रश्न खडा गरिएको छ । आफ्नो नागरिकको नरसंहार हत्या हुँदाको बिषम परिस्थितिमा दुतावासको उल्लेख्य भुमिका नदेखिएकोमा अमेरिकामा बसोबास गर्नेहरुले चिन्ता प्रकट गरेका छन् ।

हत्या प्रकरण विषयमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीसँग पटक पटक सम्पर्क गरे पनि आधिकारिक धारणा लिन सकिएन् ।

मनसास पार्क प्रहरीहो सर्च

अमेरिकाको भर्जिनियाबाट बेपत्ता ममता काफ्लेको खोजीलाई प्राथमिकताका साथ जारी राखिएको अमेरिका स्थित भर्जिनिया,मनसास पार्क प्रहरीले जनाएको छ ।

काफ्लेको खोजीबारे विज्ञप्ति जारी गर्दै मनसास पार्क प्रहरीले ‘सर्च एण्ड रेस्क्यू टिम’ले ब्लुम्स क्रसिङ कम्युनिटी, मनसास क्रिस्चियन स्कुल, क्याम्प करोन्डेलेट, ब्लुम्स पार्क लगायतका क्षेत्रमा खोजी गरिरहेको भनेको छ ।

अनुसन्धानसँग सम्बन्धित प्रमाण फेला पर्न सक्ने शंकामा ती क्षेत्रमा खोजी जारी राखिएको प्रहरीले जनाएको छ । अनुसन्धानमा संलग्नहरुले ती क्षेत्रलाई काफ्लेको खोजीमा चासोको स्थान भएको निष्कर्षसहित टोली परिचालन गरेका हुन् ।

काफ्लेको विषयमा खोजी हुञ्जेल संयमता अपनाइदिन मनसास पार्क प्रहरीले अमेरिकाको नेपाली समुदायलाई पनि आग्रह गरेको छ । ‘अहिलेसम्म कुनै प्रमाण फेला परेको छैन’, प्रहरीले भनेको छ, ‘यदी केही उपलब्धी हात लग्यो भने प्रेस विज्ञप्तिमार्फत जानकारी गराउने छौं ।’

अवस्था बारे शंका 

प्रहरीले घरमा तलासी गर्दा धेरै प्रमाणहरू फेला परेका छन्, जसमा रक्तरञ्जित चिह्नहरू, जस्तै मुख्य शयनकक्षमा रगतको छरपष्ट र बाथरूममा तानिएर लगिएको जस्तो देखिने रगतको दाग समावेश छन्। प्रहरीका अनुसार, नरेश भट्टले धेरै विसंगत विवरण दिएका थिए, जसले उनको पत्नीको अवस्था बारे शंका उब्जाएको थियो ।

जुलाई ३० मा भट्टलाई वलमार्टमा तीनवटा चक्कु किनिरहेको देखिएको थियो, जसमा दुईवटा तलासी पछि भेटिएनन् । भोलिपल्ट उनलाई अर्को वलमार्टमा सफाई सामग्री किनिरहेको पनि देखिएको थियो । प्रहरीले अनुसन्धान गर्दा भट्टको घरमा सफाई सामग्रीहरू पनि फेला पारेका छन्, जसले अपराधको प्रमाणलाई मेटाउने प्रयास भएको संकेत दिएको छ।

पछि मात्र बेपत्ता रिपोर्ट 
ममता काफ्ले भट्ट अन्तिम पटक जुलाई २७ मा UVA हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा देखिएकी थिइन्, जहाँ उनी नर्सको रूपमा काम गर्थिन्। उनका सहकर्मीहरूले उनको सम्पर्क विहीनता देखेर प्रहरीलाई खबर गरेपछि प्रहरीको छानबिन सुरु भएको थियो ।

नरेश भट्टले पहिले आफ्नो पत्नीलाई हराएको रिपोर्ट गर्न अस्वीकार गरेका थिए, तर पछि उनी बेपत्ता भएको रिपोर्ट गरेका थिए।

ममता काफ्ले भट्टको परिवार, जो नेपालमा बस्छन्, अमेरिकामा आपतकालीन कस्टडीको लागि आउने तयारीमा छन् । परिवारका लागि यो समय निकै कठिन र दुखदायी भएको बताइएकाे छ, उनीहरूको लागि सहयोगको आवश्यकता रहेको छ।

ममता हत्याकाण्डलाई नेपाल प्रहरीले सुक्ष्म ढंगले अनुसन्धान गरिरहेको छ : डिआईजी कार्की
ममता काफ्ले हत्यालाई  अमेरिकाको स्थानीय प्रहरी प्रशासनले गरेको अनुसन्धानलाई नेपाल प्रहरीले सुक्ष्म ढंगले नियालि रहेको नेपाल प्रहरीका डिआईजी  एवं प्रवक्ता दानबहादुर कार्कीले बताउनु भयो ।

हत्याप्रति हामी अत्यन्तै निन्चित छौ । अदालतमा पनि पेश भइसकेको अवस्थामा बाहिर देखिनेगरि बोल्न नमिल्ने भएकाले नबोलिएको हो ।

संचारमाध्यममा आएका अन्य विषयवस्तुलाई पनि सुक्ष्म ढंगले अनुसन्धान गरिएको छ प्रवक्ता कार्कीले बताउनु भयो ।

प्रतिक्रिया