February 23, 2025, 2:48 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

बोटलको पानीमा बिचौलिया हाबी : सरकारसंग मुल्य समायोजन गर्न संघको माग

भदौ २१, २०८१ मा प्रकाशित | ३२२०दर्शक तीव्रखबर

काठमाडौं । आम उपभोक्ताहरुले उपभोग गर्ने खाद्य बस्तुमा बार्षिक रुपमा मुल्य वृद्धि गर्दै आएको सरकारले बोटल र पानीको २०७७ सालमा गठीत संसदिय समितिको सिफारिसमा उल्लेख भएको मुल्य अहिलेसम्म पनि कायम हुनुले पानी उद्योग तथा व्यवसाय संकटमा पर्न थालेको आज पत्रकार सम्मेलनको आयोजना गरि नेपाल बोटल वाटर उद्योग संघले जनाएको छ ।

‘काठमाण्डौं उपत्यका तथा देशभरी संचालित पानी उद्योगीहरुले २०७७ सालमा गठीत संसदिय समितिको सिफारिसलाई आधार मानी दुइ वर्ष अगाडी २०७९ साल जेठ १९ गते देखि विभिन्न खाद्यवस्तुको मुल्य वृद्धि हुँदा समेत आम उपभोक्ताको हितलाई ध्यानमा राखी जारमा उद्योग मुल्य १८ रुपैयाँ, ढुवानीकर्ता मुल्य ३५ रुपैयाँ, डिष्टिव्युटर मुल्य ४० रुपैयाँ र खुद्रा मुल्य ४७ रुपैयाँ भोली शनिबार १२ बजेदेखि कायम रहने संघले जनाएको छ । एक लिटर वोटलमा उद्योग मुल्य ११० रुपैयाँ, ढुवानीकर्ता मुल्य १३० रुपैयाँ, डिस्टिव्युटर मुल्य १४० रुपैयाँ, खुद्रा मुल्य १६ रुपैयाँ कायम भएकोमा उपभोक्ताले सोही वमोजिमको मुल्यमा पानी खरिद गर्ने’ गरेको संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

कम्पनी र विचौलीयाको दररेट समेत कायम गरी मुल्य वृद्धि गरेर मुल्य समायोजन गर्न समेत संघले आग्रह गरेको छ । त्यसैगरि ‘विचौलियाको चरम खेलवाडले गर्दा लागत मुल्य टिकाउन नसकि अत्याधिक घाटामा उद्योग संचालन गर्नु परिरहेको र उद्योगीहरु उद्योग बन्द गरी पलायन हुनु पर्ने परिस्थितिलाई ध्यानमा राखी पानी उद्योगीहरुको उद्योग वचाउ अभियानमा सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।’ सो संघका अध्यक्ष ध्रुबबहादुर गौतमको हस्ताक्षरमा जारी विज्ञप्तीमा भनिएको छ ।

आम उपभोक्ताहरुलाई समेत समेत रहन संघ आग्रह गरेको छ । ‘पानीको खाली जारमा विभिन्न प्रकारका अखाद्य सामान जस्तै डिजेल, मट्टितेल, जाँड रक्सी राख्ने, पानी राख्ने डिस्पेन्सर सफा नगर्ने, वर्षातको पानी भर्ने कार्य नगर्न’ उपभोक्तालाई संघले आग्रह गरेको छ ।

संघले जारी गरेको विज्ञप्तीको पूर्णपाठ

 

प्रतिक्रिया