September 16, 2024, 7:12 pm
» परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान » नेपालले टस जित्यो, क्यानडालाई ब्याटिङको निम्तो » स्नानको क्रममा तीर्थयात्री बगेर बेपत्ता » रवि लामिछानेले गोर्खा मिडियाको शेयर खरिद-बिक्री किर्ते कागजका आधारमा गरेको समितिको ठहर » जुम्लामा उत्पादीत स्याउले बजार नपाएको सांसद शाहीको गुनासो

धार्मिक पर्यटनका दृष्टिकोणले सूदुरपश्चिम भर्जिन क्षेत्र हो- मन्त्री पाण्डे

भदौ २०, २०८१ मा प्रकाशित | ५६०दर्शक तीव्रखबर

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुदूरपश्चिम प्रदेश धार्मिक पर्यटन क्षेत्रका रूपमा भर्जिन क्षेत्र रहेको बताएका छन् ।

विहिबार सुदूरपश्चिम पर्यटन व्यवसायीहरूसँगको छलफलका क्रममा मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । मन्त्री पाण्डेले भने, ‘सुदूरपश्चिम पर्यटकीय रूपमा भर्जिन छ । तर पनि राज्यबाट पछि परेको छ । मानव विकास सूचकांकका दृष्टिकोणले समेत पछाडि परेको छ । यसका लागि हामीले सुदुपश्चिमको पर्यटकीय क्षेत्रको  विकास लागि राजनीति दल सरोकारवालाहरूसँग छलफल गरेर अघि बढ्ने छु ।’

मन्त्री पाण्डेले भाषा सभ्यता, संस्कृति, भेषभुषा र पर्यटकीय दृष्टिकोणले मुलुक धनी भएको बताउदै संस्कृति र पर्यटनलाई चलायनमान बनाउने र त्यसलाई सुनिश्चित बनाउनका लागि नागरिक उड्डयनको क्षेत्रलाई प्रभावकारी बनाउन बनाउन सकेमा देशमा आर्थिक वृद्धि हुने उल्लेख गरे । उनले मन्त्रालयको समग्र विषयवस्तु बुझिसकेको र अब प्राथमिकरणका आधारमा अघि बढ्ने समेत बताए ।

साथै उनले नीतिगत र कानुनी रूपमा भएका त्रुटिहरू समेत संशाेधन गर्दै अघि बढिरहेको प्रस्ट पारे ।

प्रतिक्रिया