September 19, 2024, 9:35 pm
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

अमेरिकी सदनले कागजपत्र नभएका आप्रवासीहरूका लागि नागरिकता अध्यागमन बिधेयक पारित

चैत्र ६, २०७७ मा प्रकाशित | २४६०दर्शक तीव्रखबर

अमेरिकी तल्लो सदन प्रतिनिधि सभाले कानुनी कागजपत्र नभएका युवा आप्रवासीहरूका लागि नागरिकताको मार्ग सम्म पुग्न सकिने अध्यागमन बिधेयक पारित गरेको छ ।

तल्लो सदनमा रहेका (हाउस )डेमोक्र्याट्सले बिहीबार अध्यागमन सम्बन्धी दुईवटा छुट्टै बिधेयक स्वीकार गरेका छन् । पहिलो पटक कंग्रेसले आप्रवासीहरूका लागि नागरिकता प्राप्त गर्ने मार्गमा मतदान गर्ने भएका छन ।

क्यालिफोर्नियाका डेमोक्रेटिक सांसद लुसिल रोयबल-अलार्डले प्रस्ताव गरेको २०२१ को अमेरिकन ड्रिम एण्ड प्रोमिस ऐन( सपना र प्रतिज्ञा ऐन)लाई पहिलो मतदानमा सदनले एच.आर.६ लाई पारित गरेको छ ।

यसले युवा स्वप्नद्रष्टा (ड्रिमर्स )-कानुनी कागजात नभएका आप्रवासीहरूका लागि अस्थायी सुरक्षित दर्जा (टिपीएस)प्राप्तकर्ताहरू र डिफर्ड इन्फोर्स डिपारचर बेनीफिसीयरी )स्थगित लागू प्रस्थान लाभार्थीहरूको लागि नागरिकताको मार्ग प्रदान गर्दछ।

यस कानुनमा स्थायी बसोबासको लागि ४.४ मिलियन अर्थात् ४४ लाख व्यक्तिहरूलाई बनाउने व्यवस्था गरिएको छ । तल्लो सदनले एच.आर. १६०३ मा फार्म वर्कफोर्स आधुनिकीकरण ऐन(कृषि श्रमिक संख्या आधुनिकीकरण ऐन) मा मतदान हुनेछ ।

जसलाई क्यालिफोर्नियाका डेमोक्रेटिकका सांसद जो लोफग्रेन र वाशिंगटनका रिपब्लिकनका सांसद डान न्यूहाउसबाट दुई पक्षीय कानूनमा मतदान गर्ने भएका छन ।

विधेयकले कृषि क्षेत्रमा कृषि मजदुरहरू र उनीहरूका पति / पत्नी र बच्चाहरूलाई अनुमति दिनेछ ।

हाम्रो लागि यो विशेष दिन हो,” सभामुख न्यान्सी पेलोसीले मतदान गर्नु अगाडी भनिन । “हामी अमेरिकाको सुन्दर विविधतालाई कसरी सम्मान गर्छौं भन्ने कुरामा हामी ठूलो भिन्नता देखाउँदैछौं, कसरी हामी यो कुरालाई सम्मान गर्दछौं कि अध्यागमन अमेरिकाको लगातार पुनर्जागरण हो।” उनले थपिन ।

यी दुबै विधेयकहरू अघिल्लो बर्षमा सदनले पारित गरिसकेका छन तर डेमोक्र्याटले सदन र सिनेटमा दुबैमा सानो बहुमत भएकोले सिनेटमा पुन :पारित गर्ने प्रयास गर्नेछन् ।

प्रतिक्रिया