September 20, 2024, 12:44 am
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

आरजुले मोदीसँग मन्त्रदान लिए लगत्तै ओलीले पनि नेपालमा महिला प्रधानमन्त्री बनाउने भन्न थाले !

भदौ १४, २०८१ मा प्रकाशित | ५९०दर्शक तीव्रखबर

काठमाडौं, । कांग्रेस सांसद एवं परराष्ट्रमन्त्री आरजु राणाको राखी कुटनीतिले नेपालमा तहल्का मचाएको छ ।

असार १५ गते दही च्यूरा राजनीतिबाट सत्तामा उथल पुथल ल्याएकी आरजु भारतका जनता पार्टी सत्तारुढ दलका विदेश विभाग प्रमुख चौथाईवालाई दाजु बनाएर यो पाली नयाँ दिल्लीमा राखी (रक्षाबन्धन) बाँधेपछि नेपालमा अर्को उथल पुथल हुने छर्लङ्ग भएको छ ।

आरजुको चतुर कुटनीतिकले भारतको प्रधानमन्त्री नरेन्द्र दामोदारदास मोदी मोहित भई आफ्नै कार्यकक्ष नयाँ दिल्लीमा मोदीको प्रमुख सल्लाहकारहरु, विदेशमन्त्री एस जयशंकर, सत्ताका बागडोर घुमाउने अजित डोभाल लगायत महत्वपूर्ण व्यक्तिहरुलाई राखेर नेपालको भावी नीति बारेमा छलफल गरी आरजु राणालाई प्रधानमन्त्री स्तरको सम्मान भारतीय प्रम मोदीले प्रदान गरे ।

मोदी नेपालको चुच्चे नक्सा बनाउने एमाले अध्यक्ष केपी शर्मा ओली र पटक–पटक प्रधानमन्त्री बन्न लालायित कांग्रेस सभापति शेरबहादुर देउवासँग असन्तुष्ट भई यी दुबैको विकल्पमा मोदी मण्डलीले देउवा पत्नीलाई उभ्याएको भनिन्छ ।

देउवा पत्नी राणालाई साउथ ब्लकले सहयोग र समर्थन गर्ने आश्वासन दिएपछि शेरबहादुर पनि आफ्नो दल बल सहित कांग्रेसका  हनुमानहरुलाई सक्रिय पारेका छन् ।

अहिले निकै फुर्तिका साथ कांग्रेसका हनुमानहरु उफ्रिदै आरजुको वरपर घेरा हाल्न थालेका छन् ।

नेपाली राजनीतिमा २००७  सालदेखि हस्तक्षेप गर्दै आएका साउथ ब्लकले चाहेकै व्यक्तिहरु दक्षिणको स्वार्थ पूरा गर्न नेपालमा सत्ताको बागडोर सम्हाल्दै आएको राजनीतिक वृत्तमा चर्चा भइरहँदा यसपाली परराष्ट्रमन्त्रीको हैसियतमा भारत भमणमा जाँदा आरजु पाएको सम्मान नेपालको प्रधानमन्त्रीहरु भारत भ्रमण गर्दा पाउने सम्मानभन्दा बढी आत्मीय भ्रमणको रुपमा मोदी मण्डलीले महत्व दिदा दुवै देशमा यो भ्रमणले चर्चाको शिखर चढेको देखियो ।

उपचारको लागि भारत पुगेकी आरजु “पशुपतिको जात्रा सिद्राको ब्यापार” प्रचलित नेपाली उखान चरितार्थ गर्दै सत्ताको वैतरणी पार गरेर ओलीलाई प्रधानमन्त्री पदबाट दुई वर्ष सहमति विपरित तिर हानेको अर्जुन दृष्टि साँच्चिकै हुने लायक बन्यो ।

ढिलो चाँडो आरजु नेपाली सत्ताको बागडोर सम्हाल्ने नेपालको पहिलो राणा महिला प्रधानमन्त्री हुने देखिन्छ ।

त्यही भएर नेपाली कांग्रेसका संस्थापक अध्यक्ष स्वर्गीय बी.पी. कोइरालाका कान्छा छोरा कांग्रेस नेता डा. शशांक कोइरालाले आगामी दिनमा नेपालले महिला प्रधानमन्त्री पाउनेमा आफू निश्चिन्त भएको बताउनु भएको छ ।

काठमाडौंको धापासीमा नेपाल महिला संघको कार्यक्रममा हाल उक्त कुरा बोल्दै डा. शशांकले आफूले पनि नेपालमा महिला प्रधानमन्त्री बनेको हेर्न चाहेको खुलस्त पार्दै सबैलाई आश्वस्त पारेका थिए । भनिन्छ आरजु प्रधानमन्त्री बने पछि डा. शशांकले महत्वपूर्ण मन्त्रालयको मन्त्री बन्ने छन् ।

त्यसो त उनी कोइराला मण्डलीको सदस्य भएता पनि शेरबहादुर देउवा ग्रुपमा आँखा चिम्लेर डा. शशांक लागेका छन् ।

राजनीतिमा लाभ र हानीका विषय आफ्नो ठाउँमा भए पनि शशांक आफ्नो दाजु प्रकाश कोइराला र काकाका छोरा डा. शेखर कोइराल भन्दा भिन्न बाटोमा हिड्दै व्यक्तिगत स्वार्थ पूरा कै सन्दर्भमा ४ पटक सांसद पद समेत पड्काइ सकेका छन् ।

यता सत्ता बाहिर ढिलो चाँडो पुग्ने आंकलन गर्दै स्वर्य एमाले अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री के.पी. शर्मा ओलीले “म महिलालाई प्रधानमन्त्री बनाउन चाहन्छु” भनी नचाहँदा चाहँदै अभिव्यक्ति दिनु भएको छ ।

ओलीले भदौ ८ गते शनिवारका दिन काठमाडौंमा भएको युथ कन्क्लेभमा सहभागीहरुको प्रश्नोत्तर गर्दा आफू महिला प्रधानमन्त्री बनाउन तयारीका बारेमा बताएका थिए ।

त्यसो त कांग्रेस–एमाले सरकार गठन अघि सम्पन्न ७ बुँदे सहमतिमा ओली २ वर्ष र त्यस पछि कांग्रेस सभापति देउवा डेढ वर्ष प्रधानमन्त्री बन्ने सहमति गरेको थियो ।

त्यस्तो लिखित सहमति गरिसकेका व्यक्ति र प्रधानमन्त्रीकै लागि लालायित भई माओवादी नेतृत्व प्रचण्डलाई किक हानेर सत्ताच्यूत गर्ने लोभीले अहिले सहजै सत्ता छाड्ने र महिलालाई प्रधानमन्त्री बनाउन राजी हुनु भित्रको रहस्य सबैले राम्ररी बुझ्न थालका छन् ।

कुनै व्यक्ति निरीह भएर मात्र ठूलो पद छोड्न चाहन्छन्, सजिलै छोड्न सक्दै सक्दैन । विदेशी शक्ति र कांग्रेसले ओलीलाई धोका दिने अवस्था क्लियर पिक्चर तथा आरजुले प्रधानमन्त्री पद प्राप्त गर्न चौतर्फी लाइन क्लियर पाए पछिको अवस्थामा महिला प्रधानमन्त्रीको वकालतमा आफ्नो समय ओलीले खर्च गर्दै नेपालमा महिला प्रधानमन्त्री बनाउन थालेका हुन् ।

राजनीतिक खिचातानीका बीच कांग्रस र एमालेबीच खटपट शुरु भएको छ । रिङ्ग माष्टरहरु सक्रिय भएपछि ओलीको निद्रा विग्रेको छ ।

नयाँ पुनर्गठन हुने सरकारका लागि मोआवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र मधेशवादी दल सम्मेलित कांग्रेस नेतृत्वमा नयाँ सरकार गठनको छलफल भित्री रुपमा जारी छ ।

गृहमन्त्रीमा माओवादी केन्द्र, अर्थमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टी, स्वास्थ्य मन्त्रीमा मधेशवादी दलको दावी रहेको अपर्ण साप्ताहिकमा उल्लेख छ ।

जनमत पार्टी थोरै समय भित्र सत्ता बाहिर पुगेर ओलीको पुच्छर बन्ने चर्चाे भइरहेको छ । तीन जना नयाँ उपप्रधानमन्त्री भर्ना हुने भित्री छलफल भइरहेको भनिन्छ ।

अहिले कांग्रेस पार्टीका हनुमानहरु उफ्रिन थालेका छन् । मधेश प्रदेशमा जनमत पार्टीको सरकार ढल्ने छ । जसपा फेरि सत्तामा फर्किने सम्भावना बढेको छ ।

केन्द्रमा सरकार परिवर्तन भएपछि प्रदेशहरुमा पनि फेरबदल उथल पुथलको सम्भावना इन्कार गर्न मिल्दैन । यसो हेर्दा प्रमका निम्ति आरजु राणा देउवाको चौतर्फी लाईन क्लियर देखिन्छ ।

प्रतिक्रिया