February 24, 2025, 9:23 am
» पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्ने » ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगि गर्ने दुई जना पक्राउ » युएसएडबाट सञ्चालित कार्यक्रम बारेका समाचार र टिप्पणीप्रति अर्थमन्त्रालयको ध्यानाकर्षण » डा. स्वर्णिम वाग्लेले संसदमा परिवारका सबै सदस्यलाई श्रद्धाञ्जली दिएको भन्दै रामहरि खतिवडाको नियमापत्ति » महिला सशस्त्र प्रहरी इन्स्पेक्टरको शंकास्पद मृत्यु : अर्का इन्स्पेक्टरमाथि आत्महत्या दुरुत्साहनको जाहेरी

लागु औषध दुर्व्यसनविरुद्ध युवा जाग्नुपर्छः अध्यक्ष नेपाल

भदौ १४, २०८१ मा प्रकाशित | ७००दर्शक तीव्रखबर

काठमाडौँ,  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लागु औषध दुर्व्यसनविरुद्ध युवा तथा विद्यार्थीहरु जाग्न आवश्यक रहेको बताउनुभएको छ ।

दोलखामा रहेको गाईखुरा युवा क्लबले आज यहाँ आयोजना गरेको लागु औषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रममा अध्यक्ष नेपालले लागू औषध दुर्व्यसन तथा कुलतबाट जोगाउनका लागि युवा एवं विद्यार्थीको भूमिका अहम रहने बताउनुभयो ।

उहाँले भन्नुभयो, “पछिल्लो समय लागु औषध दुर्व्यसनमा धेरै जसो युवा पुस्ता फस्दै गएको पाइन्छ ।

त्यसैले यसविरुद्ध विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थी र सामाजिक क्षेत्रमा सक्रिय युवाहरु त्यसविरुद्ध सचेतना अभियानसहित जाग्नुपर्छ ।” लागु औषध दुर्व्यसनका कारण युवाहरुले अकालमै जीवन गुमाउने परेको उल्लेख गर्दै उहाँले यसविरुद्ध सबै एकजुट हुन आग्रह गर्नुभयो ।

उहाँले लागु औषध दुर्व्यसनको सञ्जाल नै खडा गरी व्यापार गर्नेलाई समाजबाट नै बहिस्कार गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो । यसका लागि कठोर कानून आवश्यक रहेको उहाँको भनाइ थियो ।

त्यस अवसरमा नेकपा (माओवादी केन्द्र) सांसद गङ्गा कार्की, नेपाली काग्रेसका नेता अजयवावु सिवाकोटी, बिशेष अदालतका उपन्यायाधिवक्ता कृष्णा भण्डारी, पूर्वराजदुत डा विश्वहरि नेपाललगायतले धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया