November 16, 2024, 8:41 am
» भारतीय अस्पतालमा आगलागी हुँदा दश जना नवजात शिशुको मृत्यु १६ को अवस्था गम्भीर » उपनिर्वाचन : वडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय » कैलालीमा कांग्रेसबाट टीका चौधरी समन्वय प्रमुखको उम्मेदवार » एमाले इलामको अध्यक्षमा बराल निर्वाचित » गण्डकी प्रदेशसभा सदस्य गौचनप्रति श्रद्धाञ्जली अर्पण

प्रहरी अधिकारीहरुले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

भदौ १३, २०८१ मा प्रकाशित | ७५०दर्शक तीव्रखबर

काठमाडौं । नेपाल प्रहरीका उच्च अधिकारीहरुले दर्जागत उमेरहदका कारण गरिएको अवकाश रोक्न माग गर्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीश सारङ्गा सुवेदीको इजलासमा प्रारम्भीक सुनुवाइ भएको सो रिटमा कारण देखाउ आदेश भने जारी भएको छ ।

नेपाल प्रहरीका एआईजी श्याम ज्ञवाली, डीआईजीहरु यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बाँस्तोला र इन्स्पेक्टर नागेन्द्र ठाकुरले रिट दायर गरेका थिए ।
प्रहरी नियमावली-२०७१ अनुसार इन्स्पेक्टर ५२ वर्ष र डीआईजी तथा एआईजी ५६ वर्ष उमेर पूरा भएमा अवकाशमा हुने व्यवस्था रहेको छ । अदालतमा विचारधीन मुद्दाहरू रहेको हुँदा दर्जागत उमेरहका कारण गरिएको अवकाश रोक्न रिट निवेदनमा माग गरिएको थियो ।

प्रतिक्रिया