February 25, 2025, 6:59 pm
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

जिम्बाब्वेबाट आउँदै गरेको बस दक्षिण अफ्रिकामा पल्टिँदा १० को मृत्यु

भदौ १२, २०८१ मा प्रकाशित | ९१०दर्शक तीव्रखबर

जिम्बाब्वेबाट आउँदै गरेको एउटा बस दक्षिण अफ्रिकाको उत्तरपूर्वी लिम्पोपो प्रान्तमा नियन्त्रण गुमाएर पल्टिँदा १० जनाको मृत्यु र ३५ जना घाइते भएको स्थानीय यातायात मन्त्रालयले बुधबार बताएको छ ।

मङ्गलबार मध्यरातअघि जोहानेसबर्ग गइरहेको बस दुर्घटना हुँदा ‘कथित रूपमा विदेशी नागरिक’ पाँच पुरुष र पाँच महिलाको मृत्यु भएको सरकारले विज्ञप्तिमार्फत जनाएको छ ।

“तीव्र गतिमा रहेको बस घुमाउरो सडकमा नियन्त्रण गुमाएर पल्टिएको थियो र दुर्घटनामा यात्रीहरूको मृत्यु भयो र अन्य घाइते भए”, विज्ञप्तिमा उल्लेख छ ।

अधिकारीहरूका अनुसार बस चालक नयाँ थिए र वरपरको अवस्थासँग अपरिचित थिए । घाइते यात्रीहरूलाई स्थानीय अस्पतालमा लगिएको छ ।

दक्षिण अफ्रिका अफ्रिका महादेशमा सबैभन्दा विकसित सडक सञ्जाल भएका मुलुकमध्ये एक हो तर सबैभन्दा खराब सडक सुरक्षा रेकर्डमध्येको पनि एक हो । यसको एउटा कारण लापरवाहीपूर्वक ड्राइभिङ र सडकमा चलाउन योग्य सवारी साधन नहुनु हो ।

यस वर्ष दक्षिण अफ्रिकामा सबैभन्दा भयानक सडक दुर्घटना मार्चमा भएको थियो । एक धार्मिक कार्यक्रममा जाँदै गरेको बस पुलबाट खोलामा खस्दा ४५ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया