February 24, 2025, 9:28 am
» पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्ने » ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगि गर्ने दुई जना पक्राउ » युएसएडबाट सञ्चालित कार्यक्रम बारेका समाचार र टिप्पणीप्रति अर्थमन्त्रालयको ध्यानाकर्षण » डा. स्वर्णिम वाग्लेले संसदमा परिवारका सबै सदस्यलाई श्रद्धाञ्जली दिएको भन्दै रामहरि खतिवडाको नियमापत्ति » महिला सशस्त्र प्रहरी इन्स्पेक्टरको शंकास्पद मृत्यु : अर्का इन्स्पेक्टरमाथि आत्महत्या दुरुत्साहनको जाहेरी

राष्ट्रपति पौडेलसँग ओमानका विदेशमन्त्रीको शिष्टाचार भेटवार्ता

भदौ ११, २०८१ मा प्रकाशित | ७५०दर्शक तीव्रखबर

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका ओमानका विदेशमन्त्री  सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीले शिष्टाचार भेट गरेका छन् ।
सो अवसरमा नेपाल र ओमानबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । साथै, उक्त अवसरमा राष्ट्रपति पौडेलले नेपाल र ‌ओमानले आपसी हित र सरोकारका विषयमा संयुक्त राष्ट्र संघ, असंलग्न आन्दोलन र एशियाली सहयोग संवाद लगायत बहुपक्षीय र क्षेत्रीय मञ्चहरूमा सहकार्य गर्दै आइरहेको बताउँदै भविष्यमा पनि यस प्रकारको सहकार्यलाई निरन्तर दिने विश्वास व्यक्त गरेका थिए ।
सोमबार काठमाडौँ आएका विदेशमन्त्री अल्बुसैदीले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए भने परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग दुई पक्षीय भेटवार्ता गरेका थिए ।
उनी आजै भ्रमण सम्पन्न गरेर स्वदेश फर्किदै छन् ।

प्रतिक्रिया