September 20, 2024, 3:01 am
» प्रधानमन्त्री ओली आज अमेरिका जादै » च्याम्पियन्स लिगमा मोनाकोसँग बार्सिलोना पराजित » मनसुनी वायुको प्रभाव: दिउँसो देशभर आंशिकदेखि साधारणत बदली » ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै

गिरी बन्धु टि- स्टेट, वाईडबडी, यतीओमनी, भुटानी काण्डको पैसा कसले खायो प्रधानमन्त्री ज्यु?

भदौ ११, २०८१ मा प्रकाशित | ५५०दर्शक तीव्रखबर

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेस र नेकपा (एमाले) को दुई दलिय अनैतिक गठबन्धनले मुलुक बर्बाद हुन लागेको टिप्पणी गरेका छन् ।
काठमाडौंको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा आज (मंगलबार) देखी सुरु भएको आजपाको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले दुई दलिय गठबन्धनको सरकारले भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप लगाए ।

‘बिचार, सिद्धान्त केही पनि नमिल्ने कांग्रेस र एमालेले गठबन्धन गरेका छन् । निर्वाचनमा दुई छुटाछुटै गठबन्धन गरेर जनतासंग मत मागेका थिए । तर सता स्वार्थले एक भए, अहिले भ्रष्टाचारीलाई जोगाउँनका लागेकाछन’ आजपा अध्यक्ष साहले भने, ‘दुई दलका दुई नेताको स्वार्थका लागि बनेको यो गठबन्धन नभई ठगबन्धन हो । भ्रष्टाचारीलाई जोगाउँन मिलेका हुन् ।’
निर्वाचनमा छुटाछुटै गठबन्धन गरेर जनतासंग मत मागेका कांग्रेस र एमालेले गठबन्धन गरेपछि उनीहरुले मत फिर्ता गर्नुपर्ने तर्क साहको छ । ‘एउटा व्यापारीले पैसा लिएपछि समान दिन्छ । तर यिनीहरुले जुन कुरा दिन्छु भनेर मत मागे त्यसको विपरित काम गरेपछि के जनतासंग लिएको मत फिर्ता गर्नुपर्दैन् ?’ साहले प्रश्न गरे ।

यो सरकारले दालभात मात्रै खाने गरेको बताएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई इन्गित गर्दै साहले भने, ‘यो सरकारले दालभात मात्रै खान्छ भन्नुहुन्छ प्रधानमन्त्रीज्यू, तर त्यो गिरी बन्धु टि-स्टेट, वाईडबडी, यतीओमनी, भुटानी काण्ड, बालमन्दिर, डेडिकेटेड र ट्रंक लाइनदेखी टेरामक्स लगायतका काण्डै काण्डले बदनाम सरकार र यि नेताहरु के दालभात मात्रै खाएका हुन त ? दालभात मात्रै खाएर मुलुक कंगाल बनेको हो प्रधानमन्त्री ज्यू ? अनि तपाईहरुले गरेको यस्ता भ्रष्टाचार र अनैतिक कार्यको विरोध गर्ने टुडिखेलका ति सोझा युवाहरु असभ्य भए, संस्कार भएन भन्ने । अनि के तपाईहरुले जुन देश लुटिराख्नु भएको छ त्यो सभ्य र संस्कारको काम हो ?’

कांग्रेस र एमालेले संविधान संशोधनका लागि दुई दलको गठबन्धन भएको बताउँदै आएका छन् । आजपा अध्यक्ष साहले आफैले बनाएको संविधान कार्यान्वयन नहुदै संशोधनको कुरा गर्नुभन्दा पहिला नेपाली जनतासंग माफी माग्नुपर्ने बताए । आफैले उत्कृष्ठ संविधान बनाएको भन्दै गर्भ गर्ने नेताहरुले अहिले आएर संशोधन गर्ने भन्नु भन्दा पहिला माफी माग्नुपर्ने बताउँदै यस्ता संविधान खारेज गर्नुपर्ने उनले बताए ।

मुलुकमा सरकारको मनोमानी बढेको बताउँदै उनले कर, महंगीले नेपाली जनता आजित भएको बताए । ‘हरेक बस्तुमा मनलाग्दी कर सरकारले लिईरहेको छ । हरेक बस्तुको महंगी बढदै गईरहेको छ । घर चलाउँन धौधौ भईरहेको छ । जनता लुटने यि नेताले अहिले लुटतन्त्र मचाएका छन् । यसरी मुलुक समृद्ध हुनसक्दैन्’ साहले भने, ‘नेपाली नागरिकत्ता त्यागेर विदेश बसेकाको सम्पती कहाँ छ ? कति छ सरकारले भन्नु पर्यो । लुटेरा नेताहरुले देश चलाएपछि भ्रष्टाचार बढेको हो । अब आम जनताले नै भ्रष्टाचारीलाई जनकारवाही गर्ने समय आएको छ । त्यसैले हामीले दलाल दलतन्त्र, लुटतन्त्र, बेथिती, भ्रष्टाचारको बिरुद्धमा र आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि तेस्रो जनआन्दोलनको उदघोष गरेका छौं ।’
दुई दिनसम्म चल्ने बैठकमा तेस्रो जनआन्दोलनको राणनीति तय गर्ने बारेमा गम्भिर छलफल हुदैछ । दलाल दलतन्त्रको विरुद्धमा र आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि तेस्रो जनआन्दोलनको आह्वान गरेका आजपा अध्यक्ष साहले त्यसबारेमा अगामी कार्ययोजना समेत बैठकमा पेश गर्दैछन् ।

आजपा महासचिव त्रिभुवन साहले अब हुने तेस्रो जनआन्दोलनबाट आम जनताको शासन व्यवस्थामा सहभागिताको सुनिश्चित हुने बताए । बैठकले अब हुने आन्दोलन शसक्त र कडा बनाउँने योजना सहित अगाडी बढने बताए । बैठकमा सोही बिषय केन्द्रीत विषयमा गम्भिर छलफल हुने उनले बताए ।
बैठकमा आजपाले विगतका दिनमा गरेको बिभिन्न आन्दोलनको बारेमा समिक्षा पनि हुनेछ । आजपा महासचिव साहका अनुसार भन्सार, भ्रष्टाचार, वैदेशिक रोजगार, वैंकिङ ठगी तथा कवाड लगायतका आन्दोलनका बारेमा बैठकमा समिक्षा हुने एजेण्डा तय भएको छ । साथै यि आन्दोलनलाई अझै कसरी सशक्त बनाउँने र अगामी दिनमा कसरी अगाडी बढाउँने बारेमा समेत छलफल र योजनाको बनाउँने काम हुनेछ ।

यसैगरी शिक्षक दरबन्दीका लागि मधेसमा जारी आन्दोलनलाई अझै शसक्त बनाउँने र आम शैक्षिक हडताल (आम शैक्षिक आन्दोलन) बारे समेत निर्णय हुनेछ । आजपा प्रवक्ता चन्द्रभुषण साहले विद्यार्थी अनुपातमा मधेसमा शिक्षकको व्यवस्था सरकारले गराउँन सकेको छैन् । यस बारेमा सरकारलाई पटक पटक ध्यानाकर्षण गराउँदा समेत सरकारले वास्ता नगरेपछि बाध्य भएर आन्दोलनमा जानुपर्ने र त्यसबारेमा समेत बैठकले निर्णय गर्ने उनले बताए ।

तेस्रो जनआन्दोलनको बारेमा मात्रै नभई विगतको आन्दोलनको समिक्षा गर्दै अगाडी बढने बारेमा छलफल गर्दै पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरुको जिम्मेवारी समेत सोही अनुसार आन्दोलन केन्द्रीत कार्यविभाजन समेत हुने आजपा स्थायी कमिटीका सदस्य रविन्द्र सिंहले बताए । नेताहरुलाई आन्दोलनको बिभिन्न जिम्मेवारी तोकेरै परिचालन गर्ने योजना रहेको छ । आन्दोलन केन्द्रीत नेताहरुकोज्ञटं कार्यविभाजन गर्दै शसक्त रुपमा अगाडी बढने उनले बताए ।

प्रतिक्रिया