February 24, 2025, 9:12 am
» ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगि गर्ने दुई जना पक्राउ » युएसएडबाट सञ्चालित कार्यक्रम बारेका समाचार र टिप्पणीप्रति अर्थमन्त्रालयको ध्यानाकर्षण » डा. स्वर्णिम वाग्लेले संसदमा परिवारका सबै सदस्यलाई श्रद्धाञ्जली दिएको भन्दै रामहरि खतिवडाको नियमापत्ति » महिला सशस्त्र प्रहरी इन्स्पेक्टरको शंकास्पद मृत्यु : अर्का इन्स्पेक्टरमाथि आत्महत्या दुरुत्साहनको जाहेरी » सालकको खपेटा सहित चार जना पक्राउ

टुँडिखेलको घटना सामान्य होइन, नसुध्रिएमा हावा हुण्डरीले उडाउछ : अमरेशकुमार सिंह

भदौ ११, २०८१ मा प्रकाशित | १०७०दर्शक तीव्रखबर

काठमाडौँ । स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंह सोमबारको टुँडिखेल र पाटन कृष्णमन्दिरको घटना राजनीतिक नेताहरु र दलहरुलाई जाग्नु पर्ने चेतावनी भएको टिप्पणी गरेका छन् ।

सिंहले बंगलादेशमा पनि सेख हसिनासँग पनि दुई तिहाईको जनादेश रहेको उल्लेख गर्दै आफुले भयाभव अवस्था आउदै गरेको देखेको बताए । उनले दलहरुले आफ्नै नेतृत्वमा सरकार हुदा पनि विश्व विद्यालय आफ्नै बिद्यार्थी संगठनले बन्द गरिरहेको आरोप लगाए ।

सिंहले नेताहरु नसुध्रिएमा हावा हुण्डरीले नेताहरुलाई उडाउने समेत चेतावनी दिए ।

प्रतिक्रिया