February 24, 2025, 9:14 am
» ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगि गर्ने दुई जना पक्राउ » युएसएडबाट सञ्चालित कार्यक्रम बारेका समाचार र टिप्पणीप्रति अर्थमन्त्रालयको ध्यानाकर्षण » डा. स्वर्णिम वाग्लेले संसदमा परिवारका सबै सदस्यलाई श्रद्धाञ्जली दिएको भन्दै रामहरि खतिवडाको नियमापत्ति » महिला सशस्त्र प्रहरी इन्स्पेक्टरको शंकास्पद मृत्यु : अर्का इन्स्पेक्टरमाथि आत्महत्या दुरुत्साहनको जाहेरी » सालकको खपेटा सहित चार जना पक्राउ

एकीकृत समाजवादीको उपाध्यक्षमा रामकुमारी झाक्रीको उम्मेदवारी

भदौ ११, २०८१ मा प्रकाशित | ७५०दर्शक तीव्रखबर

काठमाडौं । नेकपा एकीकृत समाजवादीको उपाध्यक्षमा रामकुमारी झाक्रीले उम्मेदवारी दिएकी छ्न् । यसअघि पार्टीको सचिव रहेकी झाक्रीले यसपटक उपाध्यक्षमा उम्मेदवारी दिएकी हुन् ।

केही समयअघि सम्पन्न पार्टीको दशौ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष र महासचिवबाहेक पदाधिकारी टुंगो लगाउन सकेको थिएन । सहमतिमै पदाधिकारी समेत चयन गर्ने गरी योजना बनेको भएपनि सहमती हुन नसकेपछि निर्वाचनबाट टुंगो लगाइने भएको हो ।

अब पार्टीका केन्द्रीय कमिटी सदस्यहरुले मतदानमार्फत नेतृत्व चयन गर्नेछन् । पार्टीको वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे निर्बिरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया