February 24, 2025, 9:36 am
» पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्ने » ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगि गर्ने दुई जना पक्राउ » युएसएडबाट सञ्चालित कार्यक्रम बारेका समाचार र टिप्पणीप्रति अर्थमन्त्रालयको ध्यानाकर्षण » डा. स्वर्णिम वाग्लेले संसदमा परिवारका सबै सदस्यलाई श्रद्धाञ्जली दिएको भन्दै रामहरि खतिवडाको नियमापत्ति » महिला सशस्त्र प्रहरी इन्स्पेक्टरको शंकास्पद मृत्यु : अर्का इन्स्पेक्टरमाथि आत्महत्या दुरुत्साहनको जाहेरी

म रवि लामिछाने क्लबबाट निष्काशित भएको हुँ, पार्टीबाट होइन : डा. मुकुल ढकाल

भदौ ११, २०८१ मा प्रकाशित | ६५०दर्शक तीव्रखबर

काठमाडौँ । डा. मुकुल ढकालले आफु रवि लामिछाने क्लबबाट निष्काशित भएको प्रतिक्रिया दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्काशित गरेपछि प्रतिक्रिया दिदै आफु रवि लामिछाने क्लबबाट निष्काशित भएको र आफुलाई पार्टीबाट निष्काशित गर्ने अधिकार क्लबलाई नरहेको बताएका हुन् ।

उनले भनेका छन्- ‘रवि लामिछाने क्लवबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निस्कासन गर्ने अधिकार क्लवलाई छैन । न्यायिक निकायले क्लवको कारवाहिलाई बदर गरेपछि, नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधरण सदस्यबाट राजीनामा दिनपर्छ ।’

ढकालले सहकारी प्रकरणका सवालमा रवि लामिछानेले आम जनतालाई भ्रमित पार्ने गरि भाषणबाजी गर्दै हिँडको बताउदै आफूविरूद्ध आएका प्रमाणलाई किर्ते भन्दै जनतामा भ्रम छरी राजनीति गरिराखेको आरोप लागाएका छन् ।

मंगलबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्काशित गरेको छ ।

प्रतिक्रिया