February 24, 2025, 9:43 am
» यस्तो छ महाशिवरात्रीको ट्राफिक व्यबस्थापन, ८९० प्रहरी खटिने » राजेन्द्र महतोको नजरमा एमाले अवसरवादी गुटको समुह, माओवादीले जनताको विश्वास गुमायो » पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्ने » ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगि गर्ने दुई जना पक्राउ » युएसएडबाट सञ्चालित कार्यक्रम बारेका समाचार र टिप्पणीप्रति अर्थमन्त्रालयको ध्यानाकर्षण

राष्ट्रपति पौडेलद्वारा कृष्णमन्दिरमा पूजाआराधना

भदौ १०, २०८१ मा प्रकाशित | ७८०दर्शक तीव्रखबर

पाटन (ललितपुर), : राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा दर्शन गरी पूजाआराधना गर्नुभएको छ । राष्ट्रपति पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा पाटन दरबारस्थित कृष्णमन्दिर पुगेर भगवान् श्रीकृष्णको पूजाआराधना गरी पुजारीबाट फूल प्रसाद ग्रहण गर्नुभएको हो ।

यसअघि कृष्णमन्दिर परिसरमा राष्ट्रपति पौडेललाई ललितपुरबाट निर्वाचित सङ्घीय सांसदहरु, बागमती प्रदेशसभा सदस्यहरु, ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, ललितपुर महानगरका कार्यवाहक प्रमुख मञ्जली शाक्य बज्राचार्यलगायतले स्वागत गर्नुभएको थियो ।

मन्दिर दर्शन गरी प्रसाद ग्रहणपछि राष्ट्रपति पौडेलले मङ्गहिटीको अवलोकन गर्नुभएको थियोे । श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रप्रमुखद्वारा हरेक वर्ष कृष्ण मन्दिरमा दर्शन गरी पूजाआजा गर्ने परम्परा रहेको छ ।

भगवान् श्रीकृष्णको जन्म भएको सम्झनामा हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन यो पर्व मनाउने गरिन्छ । ललितपुरको पाटनस्थित कृष्णमन्दिरका साथै मुलुकभरका कृष्णमन्दिरहरुमा आज दिनभर भक्तजनको घुइँचो लागेको छ ।

प्रतिक्रिया