February 25, 2025, 2:28 pm
» धनगढीमा राप्रपाको बाइक र्याली » धनगढीबाट गणतन्त्रविरूद्ध बिगुल फुकियो, यसको नतिजा चैतमा काठमाडौंमा हुन्छ : धवलशमशेर » महाशिवरात्रीको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली पशुपतिमा » विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु » प्रचण्डको चेतावनी- कसैले जनताको अधिकार खोस्न खोजे महँगो पर्ने छ

लेबनानमा आक्रमण ‘अन्तिम शब्द होइन’-नेतान्याहु

भदौ ९, २०८१ मा प्रकाशित | ९६०दर्शक तीव्रखबर

इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले लेबनानमा आइतबारको आक्रमण लेबनानी सशस्त्र समूह हिजबुल्लाहविरुद्ध आफ्नो मुलुकको सैन्य अभियानमा ‘अन्तिम शब्द नभएको’ चेतावनी दिनुभएको छ ।

“हामी हिजबुल्लाहमाथि अचम्मका साथ प्रहार गर्दैछौँ, यो उत्तरको अवस्था परिवर्तन गर्न र हाम्रा बासिन्दाहरूलाई सुरक्षित रूपमा उनीहरूको घर फर्काउने दिशामा थप अर्को कदम हो, र म दोहोर्याउँछु कि यो अन्तिम शब्द होइन”, उहाँले मन्त्रिपरिषद् बैठकमा भन्नुभयो ।

उहाँले ‘हाम्रा नागरिक र बलहरूलाई नोक्सान पुर्याउने उद्देश्यले प्रहार गरिएका हजारौँ छोटो दूरीका रेकटहरूलाई सेनाले नष्ट गरेको’ बताउनुभयो ।

“यसबाहेक आइडिएफ (इजरायली सेना) ले मध्य इजरायलमा रणनीतिक लक्ष्यमा हिजबुल्लाहले प्रहार गरेका सबै ड्रोनलाई रोकेको छ”, लक्ष्य के हो भन्नेबारे पहिचान नगरी प्रधानमन्त्री नेतान्याहुले भन्नुभयो ।

यद्यपि इजरायली सञ्चार माध्यमहरूले हिजबुल्लाहले तेल अभिव नजिकै रहेको इजरायली मोसाद जासुसी एजेन्सीको मुख्यालयमा आक्रमण गर्न खोजेको बताएका छन् ।

प्रतिक्रिया