September 16, 2024, 7:25 pm
» परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान » नेपालले टस जित्यो, क्यानडालाई ब्याटिङको निम्तो » स्नानको क्रममा तीर्थयात्री बगेर बेपत्ता » रवि लामिछानेले गोर्खा मिडियाको शेयर खरिद-बिक्री किर्ते कागजका आधारमा गरेको समितिको ठहर » जुम्लामा उत्पादीत स्याउले बजार नपाएको सांसद शाहीको गुनासो

मधेस सरकार मधेसी जनतालाई लुटनकै लागि बनेको छ : प्रभु साह

भदौ ९, २०८१ मा प्रकाशित | ६४०दर्शक तीव्रखबर

कलैया, । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मधेस सरकार मधेसी जनतालाई लुटनकै लागि बनेको दावी गरेका छन् । मधेसवादी दलको भ्रष्ट चरित्रले आज मधेस बदनाम भएको उनले बताए ।

बाराको खुटुवा प्र्रसौनीमा आजपाद्धारा आज आयोजित भेलालाई सम्बोधन गर्दै साहले मधेसी जनतालाई लुटन, ठग्नका लागि मधेस सरकार र मधसवादी दलका नेताहरुको पेशा नै बनिसकेको ठोकुवा गरेका छन् ।

‘छोरीलाई वितरण गरिने साईकल चोरेका छन् । दलितहरुको घर निर्माणमा भ्रष्टाचार गरेको, राहतको पैसा समेत लुटेकाछन ।

बजेटको किनबेच एवं कृषकको अनुदानमा कमिशन यि भ्रष्ट र चोर नेताहरुको पेशा भएकोछ ।’ आजपा अध्यक्ष साहले भने, ‘भ्रष्टाचार र लुटमा पिएडी गरेका यि भ्रष्ट र चोर नेताहरुले मधेशको व्यापार गरेर मधेसलाई नै बदनाम गरिसकेका छन् ।’

किसानको अनुदान तथा पीडितको राहतमा समेत भ्रष्टाचार गरेका लुटेराहरुले मधेसलाई समृद्ध बनाउँने काम गर्नै नसक्ने साहले बताए ।

‘मानव विकास सूचांकमा तल रहेको मधेस जस्तो सानो र गरिब प्रदेशमा उच्चतहको तलब सेवा सुविधा सहितको जम्बो मन्त्रीमण्डल किन चाहियो ?

मधेसलाई समृद्ध बनाउँने, मधेसी युवालाई रोजगार दिने कुनै काम यिनीहरुले नगरी केवल लुटने हो र लुट मचाउँनकै लागि लागेका छन्’ आजपा अध्यक्ष साहले भने ।

भ्रष्टाचार बाहेक मधेस सरकारले कुनै कामै नगरेको बताउँदै उनले जनतालाई ढाटने, लुटने, ठग्ने पेशा नै बनेको बताए ।

कुनै पनि सरकारको काम भनेको देश र जनताका लागि बिकास, समृद्धि जस्ता राम्रो काम गर्नु भए पनि मधेस सरकारले हरेक योजनामा लुट मचाएको उनले बताए ।

मधेसलाई समृद्ध बनाउँने हरेक किसिमको सम्भावना यहाँ रहेको उनले बताए । तर त्यसलाई सदुपयोग गर्नुको साटो लुटको व्यापारमा मधेसवादी दलका नेताहरु लागेको आरोप उनले लगाए ।

‘मधेस प्रदेशलाई देशको मोडेल प्रदेश बन्ने सम्पूर्ण सम्भावना हुदाहुदै भ्रष्ट नेताहरुका कारण नेताहरु नै बदनाम भएका छन्’ साहले भने ।

भ्रष्ट नेताहरुको अन्त्य र आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि तेस्रो जनआन्दोलनको बिकल्प नभएको बताउँदै उनले दलाल दलतन्त्र विरुद्धको जनआन्दोलनको तयारीमा जुटन आह्वान गरे ।

लुटेरा र भ्रष्ट नेताहरुको अन्त्य हुनै पर्ने बताउँदै उनले देश लुटने नेताहरुलाई राज्यले कारवाही गर्न नसकेकाले अब जनताले नै जनकारवाही गनुपर्ने बताए ।

‘भ्रष्ट नेताहरु मालामाल भएका छन्, आम जनता लाचार छन् । काण्डैकाण्डले देश बदनाम छ । युवाहरु विदेशमा मर्नुपर्ने स्थितिको अन्त्यका लागि तेस्रो जनआन्दोलनको बिकल्प छैन्’ साहले भने, ‘भ्रष्टाचारीहरु अहिले सम्मानित भईरहेका छन तर स्वभिमानी युवाहरु अपमानित हुनुपर्ने, विदेशमा मर्नुपर्ने अवस्थाको अन्त्य हुनैपर्छ ।

राज्यले नै भ्रष्टाचारीलाई जोगाउँने सम्मान गर्ने कामले देश कंगाल बन्दै गईरहेको छ । आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि युवाहरु उठनैपर्छ ।’

आजपाको स्थानीय नेता गणेश रामको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आजपाका उपाध्यक्ष अशोक लामा, महासचिब त्रिभुवन साह, सचिव उमेश कुशवाहा लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया