September 16, 2024, 7:21 pm
» परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान » नेपालले टस जित्यो, क्यानडालाई ब्याटिङको निम्तो » स्नानको क्रममा तीर्थयात्री बगेर बेपत्ता » रवि लामिछानेले गोर्खा मिडियाको शेयर खरिद-बिक्री किर्ते कागजका आधारमा गरेको समितिको ठहर » जुम्लामा उत्पादीत स्याउले बजार नपाएको सांसद शाहीको गुनासो

मधेशका मुख्यमन्त्री सिँहले गरे प्रादेशिक अस्पतालको निरीक्षण

भदौ ९, २०८१ मा प्रकाशित | ४१०दर्शक तीव्रखबर

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले शनिबार राति मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानअन्तर्गतको जनकपुरधामस्थित प्रादेशिक अस्पतालको अचानक निरीक्षण गरेका छन ।

अस्पतालको सेवासुविधामा ढिलासुस्ती र हेलचेक्रयाइँ भइरहेको गुनासो आउन थालेपछि मुख्यमन्त्री सिँहले राति अस्पतालका आकस्मिक कक्ष, प्रसूति गृह, अतिसघन कक्ष लगायत निरीक्षण गरेका हुन् ।

त्यसक्रममा उनले ड्युटीमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीसँग अस्पतालमा कार्यरत जनशक्तिको सँख्या र कार्यविभाजन, काम गर्ने अवधि, ड्युटीमा नियमितता आदिका बारेमा जानकारी लिए ।

साथै अस्पताल परिसरमा सञ्चालित सरकारी फार्मेसीमा आवश्यक औषधि राख्न सम्बन्धित कर्मचारीलाई निर्देशनसमेत दिए । उनले निरीक्षण अवधिमा केही बिरामी र तिनका कुरुवासँग पनि अस्पतालका सेवासुविधाका बारेमा जानकारी लिएका छन् । बिरामी र कुरुवाका गुनासा सुनेपछि मुख्यमन्त्री सिँहले ती समस्यालाई तत्काल सम्बोधन गर्न प्रतिष्ठानका रजिस्ट्रार डा.विनोदकुमार यादवलाई त्यहीँ निर्देशन दिएका छन् । अस्पतालमा बिरामीको चाप छ ।

अस्पतालमा भौतिक पूर्वाधार, उपकरण र जनशक्ति थपिँदै गएका छन् । अस्पतालमा विद्यमान समस्या समाधान गर्दै त्यहाँ उपलब्ध सेवासुविधा उन्नत बनाउन र विविद्यीकरण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री सिँहले बताए ।

प्रतिक्रिया