February 25, 2025, 1:30 pm
» विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु » प्रचण्डको चेतावनी- कसैले जनताको अधिकार खोस्न खोजे महँगो पर्ने छ » महाशिवरात्रि पर्वमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन माग » प्रतिनिधिसभा : दुर्घटनामा परेकाको निःशुल्क उपचार गर्न माग » अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल बर्षाले प्रभावित, अझै टस हुन सकेन

मूल्याङकनको आधारमा गरुडा नगरपालिका रौतहटको दोस्रो स्थानमा

भदौ ९, २०८१ मा प्रकाशित | ९६०दर्शक तीव्रखबर

रौतहट । रौतहटको १८ स्थानीय निकाय मध्ये बिभिन्न मूल्याङ्कनको आधारमा गरुडा नगरपालिका  दोस्रो स्थानमा पर्न सफल भएको छ ।

वित्तीय समानीकरण अनुदान अन्तर्गत कार्य सम्पादन मूल्याङ्कनको आधारमा गरुडा नगरपालिका  जिल्लामा दोस्रो स्थान हासिल गरेको हो।

नेपाल सरकारबाट आर्थिक वर्ष २०८०!०८१ मा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा उपलब्ध गराइने वित्तीय समानीकरण अनुदान अन्तर्गत कार्य सम्पादन मूल्याङ्कनमा  गरुडा  दोस्रो स्थानमा परेको मेयर कन्थमणि जैसवालले बताएका छन।

गरुडाले ७१.७५ अंक ल्याइ दोस्रो स्थानमा रहेको छ भने राजपुर नगरपालिका ७१ अंक ल्याएर तेस्रो स्थानमा रहेको छ।  कार्य सम्पादनमा गौर नगरपालिका जिल्लामा पहिलो स्थानमा रहेको छ।

कार्य सम्पादनमा जिल्लाको ११ वटा पालिका ५० प्रतिशत भन्दा बढी अंक ल्याएका छन भने ७ वटा पालिका ५० प्रतिशत  पनि अंक ल्याउन सकेका छैनन् ।

५० प्रतिशत भन्दा बढी अंक ल्याउनेमा गौर  गरुडा पछी राजपुर , चन्द्रपुर , राजदेवि, परोहा, माधवनारायण, इशनाथ, देवाही गोनाही,  कटहरिया नगरपालिका र दुर्गा भगवती गाउँपालिका रहेका छन् ।

५० प्रतिशत भन्दा कम अंक ल्याउनेमा फतुवा विजयपुर, बृन्दावन, बौधिमाइ, मौलापुर, गुजरा, गढिमाइ नगरपालिका र यमुनामाइ गाउँपालिका रहेका छन्

सञ्जय मिश्रा रौतहट 

प्रतिक्रिया