February 23, 2025, 2:20 am
» प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै » Trump Signs Executive Order Restricting Chinese Investment in Key Sectors » Four Nepalis killed in road accident while returning from Kumbh Mela

निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता दिएन नेकपा विभाजन

माघ १२, २०७७ मा प्रकाशित | १८३०दर्शक तीव्रखबर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजनमा नयाँ ट्वीस्ट आएको छ । निर्वाचन आयोगले दुवै पक्षको मागदावीलाई अस्वीकार गर्दै विभाजनलाई मान्यता नदिने निर्णय गरेको छ ।

आज बसेको आयोगको बैठकले सो निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले बताए । उनले भने, ‘दुवै पक्षको मागदावी अनुसार अभिलेखमा संशाेधन, परिवर्तन वा हेरफेर हुनसक्ने देखिएन । आयोगमा साविककै विवरण कायम रहेको जानकारी दुवै पक्षलाई दिने निर्णय भएको छ ।

आयोगको निर्णयपछि अब दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) तथा महासचिव विष्णु पौडेल नेकपाको कागजी नेतृत्वमा कायम रहेका छन् ।

ओली नेतृत्वको नेकपाले अहिलेसम्म प्रचण्डलाई अध्यक्षबाट हटाएको थिएन भने प्रचण्ड–माधव पक्षले ओलीलाई साधारण सदस्यबाट समेत हटाउने निर्णय आज गरेका छन् । तर, निर्वाचन आयोगको निर्णयले दुवै पक्षसामु नयाँ अन्योल खडा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपामा विभाजन देखिएको थियो ।

 

प्रतिक्रिया