February 24, 2025, 6:32 am
» पर्यटन राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी » भलिबल खेलाडी सूर्य विकको उपचारका लागि आर्थिक सहयोग » महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रभातफेरी » प्रादेशिक अस्पताल गौरका डाक्टरले निजी अस्पतालमा रिफर गरेका बिरामीको अप्रेसन गर्दा मृत्यु, घटनाको छानबिन सुरू » बर्दिवास शैक्षिक महोत्सवमा पर्यटन: आफ्नै ठाँउका अनौठा फोटोहरु देखेपछि अचम्मित अवलोकनकर्ता

रवि लामिछानेलाई थुन्न ढिला गरेको भन्दै असन्तुष्टि

भदौ ७, २०८१ मा प्रकाशित | ११५०दर्शक तीव्रखबर

काठमाडौं, । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई थुन्न ढिला गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

कांग्रेस केन्द्रीय समिति बैठकमा उनले पार्टी सरकार रहेको र गृहमन्त्री पनि कांग्रेसबाट नै रहेको अवस्थामा विभिन्न काण्डमा मुछिएका लामिछानेलाई पक्राउ गरेर अनुसन्धान नगरिएको भन्दै आपत्ति जनाएका हुन् ।

‘सरकार हाम्रै छ, गृहमन्त्री पनि हाम्रै हुनुहुन्छ । विभिन्न काण्डमा मुछिएका रवि लामिछानेलाई पक्रिएर अनुसन्धान गर्न किन ढिला गरेको ?’ बस्नेतको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने ।

कुनै पनि विषयमा जनतालाई कानुनले छुट दिएको छैन भने नेताहरुले पनि छुट पाउन नहुने बस्नेतको अडान थियो ।

प्रतिक्रिया