February 25, 2025, 11:33 am
» विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु » प्रचण्डको चेतावनी- कसैले जनताको अधिकार खोस्न खोजे महँगो पर्ने छ » महाशिवरात्रि पर्वमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन माग » प्रतिनिधिसभा : दुर्घटनामा परेकाको निःशुल्क उपचार गर्न माग » अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल बर्षाले प्रभावित, अझै टस हुन सकेन

पाकिस्तानमा प्रहरीमाथि भएको रकेट आक्रमणमा १२ जनाको मृत्यु

भदौ ७, २०८१ मा प्रकाशित | ७८०दर्शक तीव्रखबर

लाहोर, पाकिस्तान, : मध्यपाकिस्तानमा बिहीबार प्रहरीमाथि भएको रकेट आक्रमणमा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको प्रहरीले शुक्रबार जनाएको छ ।

दक्षिणी सिन्ध र मध्य पञ्जाब प्रान्तका नदी किनारमा दशकौँदेखि सङ्गठित आपराधका गिरोहहरू सक्रिय छन् ।

“आक्रमणमा कम्तीमा बाह्र जना प्रहरी मारिएका छन् भने अन्य आठ जना घाइते भएका छन्,” प्रहरी प्रवक्ता सैफ अली वेन्सले बताउनुभयो ।

पञ्जाब प्रान्तको रहिम यार खान जिल्ला हुँदै बिहीबार साँझ करिब २२ जना प्रहरी सवार दुईवटा प्रहरी गाडीहरू यात्रा गरिरहेका थिए जसमध्ये एउटा भ्यान बाढीमा फसेको हो ।

अपराधिक गिरोहले फसेका अधिकारीहरूलाई लक्षित गरी रकेट आक्रमण गरेको वेन्सले बताउनुभयो ।

आक्रमणको मुख्य अपराधी रातको कारबाहीमा मारिएको शुक्रबार प्रहरीले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ ।

“अपराधीहरूको पहिचान नभएसम्म अभियान जारी रहनेछ,” विज्ञप्तिमा भनिएको छ ।

सेनाले सन् १९९० को दशकको सुरुमा सिन्धमा आपराधिक गिरोहविरुद्ध सशक्त कारबाही सुरु गरÞेको थियो ।  तर त्यसपछिको सरकारले प्रान्तमा कानुन र व्यवस्था कायम गर्न असफल भएपछि उनीहरू फेरी सक्रिय भएका छन् ।

प्रधानमन्त्री शाहबाज सरिफले आक्रमणकारी विरुद्ध ‘तत्काल र प्रभावकारी कारबाही’ गर्न आदेश दिनुभएको छ ।

प्रतिक्रिया