February 25, 2025, 7:19 am
» प्रकाशमानले भने- गुट–उपगुटले कांग्रेस कमजोर भयो » राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँ बजारबाट तान्दै » माओवादीको अभियान छाढेर हिँडे नारायणकाजी, बोल्न नदिएको गुनासो » माल्टा र अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ » काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस दुर्घटनाग्रस्त

अवैध लागूऔषध सहित दुई जना पक्राउ

भदौ ५, २०८१ मा प्रकाशित | ८८०दर्शक तीव्रखबर

काठमाडौं,  : सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ सिबगंज मेहेता टोल बस्ने ३२ वर्षीय विष्णु मेहतालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३३ ग्राम २२ मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय लौकही र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बाँके, कोहलपुर नगरपालिका-११ साझाचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ४० मिलिग्राम सहित नेपालगंज उपमहानगरपालिका-११ बस्ने ४५ वर्षीय सब्यद मोबिन अहमदलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले भे.२ प २०७० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया