November 15, 2024, 11:43 pm
» न्यूजील्याण्डकी कान्छी सांसद : जसले संसद्‍ बैठकमा गरेको विरोधको विश्वभर चर्चा » हमासले सार्वजनिक गर्‍यो इजरायली बन्धक ट्रुपानोभको चौथो भिडियो » चोरीका गहनासहित सुनचाँदी पसले पक्राउ » डिजेल र मट्टितेलको मुल्य प्रतिलिटर ३ रुपैयाँले बढ्यो » किलर ह्वेल’को उद्धार

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

भदौ ५, २०८१ मा प्रकाशित | ६८०दर्शक तीव्रखबर

 

झापा, : आफ्नै श्रीमती ३० वर्षीया रन्जना गौतम अधिकारीको हत्या गरेको अभियोगमा शिवसताक्षी नगरपालिका-८ शिवालय टोल बस्ने ४७ वर्षीय ओम प्रकाश अधिकारीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ओम प्रकाशले घरायसी बिवादको कारण खुकुरी प्रहार गर्दा रन्जनाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले ओम प्रकाशलाई खुकुरी सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया