September 19, 2024, 10:00 pm
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

प्रचण्ड मुक्त नेपाल बनाउनु पर्छः मन्त्री प्रभु शाह

माघ ३, २०७७ मा प्रकाशित | १८५०दर्शक तीव्रखबर

काठमाडौं । शहरी विकास मन्त्री प्रभु शाहले कम्युनिष्ट आन्दोलनलाई सफल बनाउने हो भने प्रचण्ड मुक्त कम्युनिष्ट पार्टी बनाउनुपर्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको प्रदेश १ स्तरी भेलालाई काठमाडौंमा सम्बोधन गदै उनले यस्तो बताएका हुन् । साहले भने , ‘कम्युनिष्ट आन्दोलनलाई सफल बनाउने हो । नेपाललाई एउटा समृद्ध बाटोमा जाने हो भने, प्रचण्ड मुक्त कम्युनिष्ट पार्टी प्रचण्ड मुक्त नेपाल बनाउन जरुरी छ ।’

उनले थपे, ‘म कुनै पुर्वग्रह राखेर बोलेको छैन । लामो अनुभवको आधारमा भनिरहेको छु, मलाई दया पनि लाग्छ प्रचण्डजीलाई हेर्दा तर, व्यक्तिगत दयाको कुरा हैन । कम्यिुनिष्ट आन्दोलन कुन हालतमा पुगि सक्यो ? नेपाली जनताको सपना कहाँ पुगिसक्यो ? त्यो हेर्दा अब यो मुक्त नगरि अगाडी बढ्यौँँ भने ठूलो दुर्भाग्य नेपाललले व्यहोर्नु पर्नेछ ।’

हलबाट वाइवाई पाएका मन्त्री शाहले भने, ‘साथिहरुलार्ई लाग्न सक्छ माओवादीहरु कहाँ छन् ? माओवादी पार्टी यहीँ छ जाहँ केपी जी हुनुन्छ । त्यहीँ छ माओवादी पार्टी यसमा ढुक्क हुनोस् । जसका लागि पदलोलुप छन् । जसका लागि पद जाहिएको छ । कम्यिुनिट पार्टी आन्दोलन विचार वेचेर, विरासत बेचेर लाभ प्राप्त गर्नुपर्नेछ, उ मात्र मुठ्ठीभर मान्छे प्रचण्डजीसंग छन् । जो कम्युनिष्ट आन्दोलन र देश बदल्नको लागी अएका छन् ती यहीँ छन् ।’

‘तपाईहरुको लागि अनौठो होला पूर्व माओवादी र प्रभु शाहका लागि अनौठो हैन प्रचण्ड जी ३० वर्ष देखी अध्यक्ष हुनुन्थ्यो माओवादीमा ।’ मन्त्री शाहले भने उहाँले गरेको यहीँ काम हो । आफ्नो पदका लागि न सहयोदा चिन्नुभयो न विचार चिन्नुभयो । न पहिचान चिन्नुभयो । पद संकटमा परे पछि एजेन्डा, विचार जे पनि छाड्ने ? उहाँले माओवादी मुम्मेन्टको व्यापार गर्नुभयो । माओवादीको अस्थित्व मात्र समाप्त पार्नुभएन बचेको कम्युनिष्ट पानी ध्वस्त पार्न लाग्नुभयो ।’

प्रचण्डले माओवादी मुमेन्ट  बेच्दै बेच्दै यहाँसम्म आएको उनले आरोप लगाए । प्रचण्ड मुलधारमा आएदेखि नै देशमा अस्थिरता सुरु भएको मन्त्री शाहले बताए ।

समृद्ध नेपाल बनाउने सपना केही नेताहरुको कारण यो सपना पुरा हुन सकेन ती विश्वासहरु पुरा हनु सकेनन् । देश अहिले गम्भिर संकटबाट गुज्रेको उनले बताए । ‘पार्टी एकता भए पछि अधिवेशन सम्म सहमतीमा जाने हाम्रो मुल बाटो थियो । केही नेताको पद स्वार्थका महत्वकांक्षाका कारण ती बिधिहरु, आँफैले बनाएका विधान र प्रतिवद्धता विपरीत पार्टी भित्र अनैतिक ढंगले अध्यक्ष हत्याउने दुस्प्रयास मात्र भएन आफ्नै सरकार विरुद्ध अविस्वास प्रस्ताव ल्याइयो ।’

‘कुन बैठकमा अविस्वासको प्रस्तावको विषयमा छलफल चलिएको थियो ?’ उनले प्रश्न गरे, ‘आफ्नै सरकारका विरुद्ध जुन अविस्वासको प्रस्ताव दर्ता गराउने प्रयास भयो, यसले देशमा अस्थिरता पैदा गर्यो ।

प्रतिक्रिया