September 19, 2024, 9:30 pm
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

सबै स्थानीय तहमा काँग्रेसको विरोध कार्यक्रम

माघ ३, २०७७ मा प्रकाशित | ८९०दर्शक तीव्रखबर

काँग्रेसले प्रनिनिधि सभा विघटनको विरोधमा शनिबार स्थानीय तहमा विरोध कार्यक्रम गर्दै छ ।७ सय ५३ वटै स्थानीय तहमा काँग्रेसले विरोध कार्यक्रम राखेको छ ।

यसअघि कांग्रेसले पुस २५ गते ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा र पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा‍ विरोध प्रदर्शन गरेको थियो । सभापति शेर बहादुर देउवाले काठमाडौंका विभिन्न सभाहरुलाई सम्बोधन गर्ने कार्यक्रम छ । महामन्त्री शंशाक कोइराला नवलपुरको देउचुली पुग्दैछन् । बरिष्ठ नेता रामचन्द्र पौडेलले चितवनको शारदानगरमा आयोजित सभालाई सम्बोधन गर्दैछन् ।

त्यस्तै नेता प्रकाशमान सिंहले बसन्तपुरमा आयोजना हुने सभालाई दिउँसो १ः३० बजे सम्बोधन गर्नेछन् । नेता शेखर कोइरालाले मोरङ्गका विभिन्न सभालाई सम्बोधन गर्दैछन् ।

त्यस्तै काँग्रेस बुढानीलकण्ठ नगर कार्य समितिको आयोजनामा दिउँसो १ बजे हात्तीगौंडामा जम्माभई र्‍यालीसहित गल्फुटार बास्केटबल कोर्टमा परिणत हुने सभालाई नेता गगन थापाले सम्बोधन गर्ने कार्यक्रम छ । उनी ललितपुरको महाकालको कार्यक्रममा पनि सहभागी हुँदैछन् ।

यता नेता मिनेन्द्र रिजाल नेपालगन्ज र प्रदिप पौडेल विराटनगर पुग्दैछन् । पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा भक्तपुरका केही सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

नेताहरु गुरुराज घिमिरे र नैनसिंह महर काभ्रे जाँदैछन भने धनराज गुरुङ चितवनको खैरेहनी पुग्ने कार्यक्रम छ । नेता अर्जुननरसिंह केसी र डा। रामशरण महत नुवाकोटको देवीघाटको कार्यक्रमलाई सम्बोधन गर्दैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको विघटन गरेपछि देशव्यापी रुपमा विरोधका कार्यक्रमहरु भई रहेको छ ।

प्रतिक्रिया