September 16, 2024, 7:07 pm
» परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान » नेपालले टस जित्यो, क्यानडालाई ब्याटिङको निम्तो » स्नानको क्रममा तीर्थयात्री बगेर बेपत्ता » रवि लामिछानेले गोर्खा मिडियाको शेयर खरिद-बिक्री किर्ते कागजका आधारमा गरेको समितिको ठहर » जुम्लामा उत्पादीत स्याउले बजार नपाएको सांसद शाहीको गुनासो

मधेसका मुख्यमन्त्री सिंहले हटाए ८ राज्यमन्त्री

साउन २९, २०८१ मा प्रकाशित | ८९०दर्शक तीव्रखबर

जनकपुर, । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ राज्यमन्त्रीलाई हटाएका छन् ।

जम्बो मन्त्रिपरिषद् बनाएको भन्दै चर्को आलोचना भएको तथा जनमत पार्टीले स्पष्टीकरणसमेत सोधे पछि मुख्यमन्त्री सिंहले आज ८ राज्यमन्त्रीलाई हटाएका हुन् ।

उनले संघीय सरकारका झै २० मन्त्रि परिषद गठन गरेका थिए, आज ८ जना राज्य मन्त्री हटाए पछि १२ जना मन्त्रिपरिषदमा सिमित भएको छ ।

मुख्यमन्त्री सिंहले एमालेका मोहम्मद जैद आलम, लोसपाका रामवावु यादव, जनमतका शम्भु कुमार साह, कांग्रेसका रेखा ठाकुर र निलम कुमारीलाई थप राज्यमन्त्री नियुक्त गरेका थिए, यसअघि नै उनको मन्त्रीमण्डलमा एमालेका केशव राय, शारदादेवी थापा र जनमतका रन्जु खंगलाई राज्यमन्त्री नियुक्त भईसकेका थिए आज सबैजसो राज्यमन्त्री पदमुक्त भएका छन् ।

प्रतिक्रिया