February 23, 2025, 3:15 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

गुल्मीमा जंगली च्याउ खाँदा एकै परिवारका ८ जना बिरामी

साउन २८, २०८१ मा प्रकाशित | ९८०दर्शक तीव्रखबर

काठमाडौं । गुल्मीमा वनबाट ल्याएको च्याउ खाँदा घरमुलीसहित लएकै परिवारका ८ जना बिरामी परेका छन् ।

रेसुंगा नगरपालिका-८ खानीगाउँका टोमबहादुर थापा श्रीशको परिवार आइतबार साँझ बनबाट ल्याएको विषालु च्याउ खाँदा बिरामी परेका हुन् ।जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार घरमुली ६५ वर्षीय टोमबहादुर थापा, उनकी श्रीमती ६२ वर्षीया दिलकुमारी श्रीश, छोरा २९ वर्षीया विकास थापा, ४२ वर्षीया छोरी सिर्जना काउछा, ३९ वर्षीया छोरी गीता थापा नातिनी १० वर्षीया दिपदिका थापा र १२ वर्षीया विनीषा थापा च्याउ खाएर बिरामी परेका हुन् । गुल्मी जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि उनीहरुलाई लुम्बिनी मेडिकल कलेज पाल्पा रिफर गरिएको छ ।

उनीहरुले रेसुंगा सामुदायिक वनबाट सो च्याउ ल्याएर खाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया