September 20, 2024, 12:00 am
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

विद्यालाई खुसी पार्न दिइयो तीन मन्त्री : एमाले भित्र पनि छैन सन्तुष्टि

साउन २५, २०८१ मा प्रकाशित | ७१०दर्शक तीव्रखबर

काठमाडौं,  । अहिले एकथरीको दाउ केपीबाट पार्टी ओरालो लाग्ने भएकाले उनलाई पदबाट नहटाउने हो भने वामपन्थी एकताको सहकार्य पनि हुँदैन ।

वाम सहकार्य बिना कम्युनिष्टको सत्ता सम्भव छैन ।

केपी कै कारण राप्रपा जाग्यो त्यो राप्रपाले धर्म निरपेक्षता विरुद्ध हिन्दू धर्मको एजेण्डा ल्यायो संघीयता र गणतन्त्र विरुद्ध राजतन्त्रको कुरा ल्यायो ।

राप्रपाको यो क्षमता केपी कै प्रतिगामी कदमको फल हो ।

यो सत्य बुझेर नै ट्याङ्गी मास्टर इश्वर पोख्रेल, विष्णु पौडेल, पृथ्वी सुब्बाहरु वाम एकताका नाममा विद्या भण्डारीलाई राजनीतिमा तान्दै छन् ।

हिजोका दश भाईमध्ये चुनाव जितेका गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्यले मन्त्री पाएनन् ।

किनकी एमालेका अध्यक्ष केपी ओलीले नेपाली कांग्रेसलाई थाङ्गनामा सुताउने छन् ।

उनले लिखित सम्झौता गरेको त उल्लंघन गरेको धेरै भएको छैन । कांग्रेसले पत्यायो कसरी ?

यो सरकारको क्षमता सरकार निर्माणमा देखियो । एमालेले सत्ता लिँदा रमाउने माफिया र राजश्व मारा नै हुन् ।

अहिले रमाउने बेला होइन । वामपन्थी खेदेर झ्वाम पन्थी साथमा सरकारमा रमाउँदा एमालेबाट जनताले पाउने कालो बजार र महंगी हो ।

जनताले सरकार गठन भएको हप्ता दिन बित्दा नबित्दै विद्युत माफियाले राहत पाउनु हो ।

यो सरकार रमिते हो । भ्रष्टाचार सहकारी ठगी नक्कली भुटानी शरणार्थी प्रकरण जस्ता काण्ड दबाइँदैछ ।

संसद्मा प्रधानमन्त्रीले सांसदहरुले उठाएका प्रश्नको पनि जवाफ दिए ।

त्यो जवाफमा कतै शंका थिएन । पूर्व सरकारले सुरु गर्न लागेको २५ वटा फाइल खोतलिने भएन ।

अधिकांश विवादमा एमाले नै मुछिएको छ । एमाले २०४९ सालबाट संसदीय अभ्यासमा पारंगत शक्ति हो ।

धमिजा, लाउडा, चेन्जएयर, चाइना, साउथ बेष्टन एयर जस्ता काण्डले एमालेलाई डुबाएको हो ।

अहिले यो देशले केपीलाई पाएको छ । ओली हावाका योजना भ्युटावर प्रेमी हुन र पानी जाहाज आयो रेल चल्यो ।

काम सरकारको व्यवहारमा परिणत नहुँदा सांसदहरुले हक खोज्दैमा नेतृत्वले चासो दिएन भने त्यो पाइँदैन भन्ने कुरा छर्लङ्ग भो ।

लोकतन्त्र गणतन्त्र जे नाम दिए पनि नेतृत्व सत्तामोह कुसी र पदको भोको भयो भने संविधानमा लेखे र मात्र हुन्न व्यवहार नै देखिने काम हुँदैन भन्ने कुरा अहिलेको उदाहरण हो ।

नेपाल बारम्बार सरकार फेर्न सफल मात्र होइन नेताले राज्यका सेवा सुविधा लिने जनता कर तिर्ने सेवा सुविधाबाट बञ्चित हुने देश हो ।

पञ्चायत जस्तो निरंकुश भनिएको व्यवस्थामा पनि नभएको भेदभाव पक्षताप आज भएको छ ।

जो हिजो सर्वहार वर्गको हित गरिबको उद्धार शामन्तवादको सेवक भए ।

सरकार मुठ्ठीभर कलिन वर्गको प्रतिनिधि भएको कुरा प्रचण्ड र केपीको मन्त्रिमण्डल त्यसले गर्ने निर्णय हुन हिजो पनि जनताले केही पाएन आज पनि पाउँदैन ।

किनकी हिजोका प्रचण्ड आफ्नै वंशको उदाहरणमा लागेका थिए आज केपी गुटको उद्दारमा लागेका छन् । चरित्रमा भिन्नता छैन । व्यवहारमा प्रचण्ड उद्दार हुन् ।

देशको प्रधानमन्त्री बन्दा जनतामा न त उत्साह लाग्यो न त पार्टी कार्यकर्तामा हौसला ।

ओलीले के गर्छन् कसको फाइा हेर्छन् भन्ने कुरा जनतालाई अन्धकारमा राखेर डा.प्रकाशशरण महत र मुकेश काफ्लेले पैसा हजम गरेर सुरु भएको र्डोडकेटट फिडर एवं ट्रक लाइन विद्युत वितरण थियो ।

चोरी र चुहावट बढाएर स्वार्थको खेती पूरा गरेका डा.महत र काफ्लेले रोपेको विरुवा रोपी महशुल १३ अर्ब मिनाह भएपछिको ८ अर्ब २६ करोड पनि नतिर्ने जगदम्बा स्टिल हुलास, अर्घाखाँची सिमेन्ट घोराही सिमेनट जस्ता उद्योगका मालिक एमालेका भए ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीले स्वार्थ हेर्दा पार्टीमा गुटको खेती चम्केको दबाब साप्ताहिकमा उल्लेख छ ।

पूर्व राष्ट्रपति विद्या भण्डारीको टिमबाट अर्थ सञ्चार र शिक्षामन्त्री भएका छन् ।

ओली भक्त महासचिव शंकर पोख्रेल र विद्या पक्षका उपाध्यक्ष विष्णु पौडेल बीचमा लुम्बी प्रदेशमा लडाइँ छ ।

प्रतिक्रिया