February 24, 2025, 9:24 am
» पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्ने » ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगि गर्ने दुई जना पक्राउ » युएसएडबाट सञ्चालित कार्यक्रम बारेका समाचार र टिप्पणीप्रति अर्थमन्त्रालयको ध्यानाकर्षण » डा. स्वर्णिम वाग्लेले संसदमा परिवारका सबै सदस्यलाई श्रद्धाञ्जली दिएको भन्दै रामहरि खतिवडाको नियमापत्ति » महिला सशस्त्र प्रहरी इन्स्पेक्टरको शंकास्पद मृत्यु : अर्का इन्स्पेक्टरमाथि आत्महत्या दुरुत्साहनको जाहेरी

‘के घर के डेरा २’ मा केकी र उपासनाको इन्ट्री

साउन २४, २०८१ मा प्रकाशित | १४२०दर्शक तीव्रखबर

काठमाडौँ । दीपेन्द्र के. खनालको निर्देशनमा बन्न लागेको फिल्म ‘के घर के डेराः घर नम्बर २’ मा अभिनेत्रीद्वय केकी अधिकारी र उपासना सिंह ठकुरीको इन्ट्री भएको छ ।

यस फिल्ममा यसअघि फिल्ममा खगेन्द्र लामिछाने, आर्यन सिग्देल र निश्चल बस्नेत मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन् । फिल्ममा केकी र उपासना कसको अपोजिटमा हुनेछन भन्ने स्पष्ट भएको छैन ।

यही साउन २५ गतेदेखि छायांकन सुरु हुन लागेको फिल्म उपन्यासकार बुद्धिसागरले लेखिरहेका छन् । पहिलोपटक उनको लेखनमा फिल्म बन्न लागेको हो । फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठ निर्माता तथा युवराज कार्की कार्यकारी निर्मातामा छन् । फिल्मलाई सामाजिक कथावस्तुमा निर्माण गरिने जनाइएको छ । यो फिल्म २०७९ सालमा आएको ‘के घर के डेरा’को सिक्वेल हो ।

प्रतिक्रिया