February 23, 2025, 3:29 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

टमाटर : क्यान्सर, हृदय रोगबाट बचाउने फल

साउन २३, २०८१ मा प्रकाशित | १२४०दर्शक तीव्रखबर

काठमाडौं । के तपाईंलाई थाहा छ ? टमाटर एक फल हो तर, यसलाई तरकारीको रूपमा गनिन्छ । धेरै मानिसहरूलाई यसबाट प्राप्त हुने फाइदाहरूको बारेमा थाहा नहुन सक्छ । अब जान्नौं यसका फाइदाहरू-

क्यान्सरबाट बचाउँछ

टमाटरमा लाइकोपेन नामक एन्टी अक्सिडेन्ट पाइन्छ, जसले अक्सिडेटिभ स्ट्रेसलाई कम गर्छ । जसले गर्दा धेरै प्रकारका क्यान्सरबाट बच्न मद्दत गर्छ। । अक्सिडेटिभ स्ट्रेस बढ्नाले शरीर सुन्निन सक्छ । जसका कारण शरीरको कोष ड्यामेज हुन्छ र धेरै प्रकारका क्यान्सरको जोखिम बढ्छ । टमाटर खानाले यसबाट बच्न सकिन्छ ।

हृदय रोगबाट बचाउँछ

टमाटरमा रहेको लाइकोपेनले कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ । साथै, यसले रक्तचाप नियन्त्रण गर्न पनि मद्दत गर्छ । यी दुवै हृदय रोगका जोखिम कारकहरू हुन् । त्यसैले यिनलाई नियन्त्रण गरेर, टमाटरले हृदयको रक्षा गर्छ र हृदय रोगहरूको जोखिम कम गर्छ ।

तौल कम गर्न मद्दत गर्छ

टमाटरमा फाइबर र पानी राम्रो मात्रामा पाइन्छ । जसका कारण छिटो पेट भरिन्छ र ओभर इटिङ गरिँदैन । साथै, यसमा क्यालोरी पनि कम हुन्छ । यी कारणहरूले गर्दा यसले तौल नियन्त्रण गर्न मद्दत गर्छ ।

पानीको कमीबाट बचाउँछ

टमाटरमा धेरै मात्रामा पानी पाइन्छ । त्यसैले यसलाई खानाले डिहाइड्रेशनको हुदैँन । जसका कारण स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । त्यसैले मनसुन र गर्मीमा विशेष गरी टमाटरलाई डाइटमा समावेश गर्नुपर्छ ।

छालाका लागि फाइदाजनक

टमाटरबाट प्राप्त हुने लाइकोपेन छालाका लागि धेरै फाइदाजनक हुन्छ । यसले कोलाजेन बनाउन मद्दत गर्छ, जसले गर्दा छालाको उमेर ढिलो हुन्छ र चाउरी, फाइन लाइन्स कम देखिन्छन् । साथै, यसले प्रदूषण र सूर्यको यूवी किरणहरूबाट हुने ड्यामेजलाई पनि कम गर्न मद्दत गर्छ ।

पाचन राम्रो राख्छ

टमाटरमा फाइबर पाइन्छ, जसले आन्द्रामा खानालाई पास गर्न मद्दत गर्छ । यसले कब्जियतको समस्या हटाउँछ र खाना सजिलै पचाउँछ ।

प्रतिक्रिया