February 24, 2025, 6:16 am
» भलिबल खेलाडी सूर्य विकको उपचारका लागि आर्थिक सहयोग » महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रभातफेरी » प्रादेशिक अस्पताल गौरका डाक्टरले निजी अस्पतालमा रिफर गरेका बिरामीको अप्रेसन गर्दा मृत्यु, घटनाको छानबिन सुरू » बर्दिवास शैक्षिक महोत्सवमा पर्यटन: आफ्नै ठाँउका अनौठा फोटोहरु देखेपछि अचम्मित अवलोकनकर्ता » बेचन झाको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीशद्धय ढुंगाना र ढकालको इजलासमा

श्रद्धा कपुर र राहुल मोदीको ब्रेकअप !

साउन २२, २०८१ मा प्रकाशित | १५७०दर्शक तीव्रखबर

काठमाडौँ । ‘स्त्री २’ फेम अभिनेत्री श्रद्धा कपुरको आफ्नो प्रेमी राहुल मोदीसँग ब्रेकअप भएको छ ।

भारतीय मिडियाहरुले राहुल र श्रद्धाको ब्रेकअप भएको उल्लेख गरेका छन् । ब्रेकअप भएको खबरकै बीचमा श्रद्धाले सामाजिक संजालमा राहुल र उनकी बहिनी, उनको प्रोडक्सन र कुकुरको पेजलाई पनि अनफलो गरेपछि ब्रेकअपको खबर अझ चर्चामा रहेको छ ।

केही समयअघि श्रद्धाले आफ्नो सामाजिक सञ्जालमा तस्विर शेयर गरेकी थिइन् । यी तस्विरहरूमा उनी आर अक्षर भएको पेन्डेन्ट लगाएकी देखिएकी छिन् । यी तस्विरहरु बाहिर आएसँगै फ्यानहरुले उनले राहुल मोदीको नाम लेखिएको पेन्डेन्ट लगाएको अनुमान गरेका थिए ।

विगत केही दिनदेखि राहुल मोदीलाई श्रद्धाको ब्वायफ्रेन्ड भनिएको थियो । दुबै अनन्त-राधिकाको प्रि-वेडिङमा पनि सँगै देखिएका थिए ।

राहुल मोदी तू झुठी मैं मक्कर, पंचनामा २, सोनू के टीटू की स्वीटी जस्ता फिल्मका लेखक हुन् । श्रद्धा र राहुलले आफ्नो सम्बन्धको औपचारिक घोषणा गर्न लागेकै समयमा ब्रेकअपको खबर आएको छ ।

केही समय अघि हिन्दुस्तान टाइम्सले श्रद्धा र राहुलले चाँडै नै आफ्नो सम्बन्धको आधिकारिक घोषणा गर्ने उल्लेख गरेको थियो ।

वर्कफ्रन्टको कुरा गर्ने हो भने, श्रद्धा छिट्टै फिल्म ‘स्त्री २’ मा देखिनेछिन् । कमेडी हरर फिल्ममा उनको साथमा पंकज त्रिपाठी र राजकुमार राव पनि रहनेछन् । यो फिल्म अगस्ट १५ मा रिलिज हुँदैछ ।

प्रतिक्रिया